नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
न्युयोर्क, ७ सेप्टेम्बर । समाजवादी देश क्युवाले निकारागुआमा संरा अमेरिकी हस्तक्षेपकारी हमलाको विरोध गरेको छ । बिहीबार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा बोल्दै क्युवाली उपविदेशमन्त्री अल्बेर्टो मोरिनोले भने, ‘‘क्युवा आफ्नो सम्पूर्ण शक्तिका साथ निकारागुआमा सत्तापरिवर्तन गर्ने नियतका साथ आएको नीतिको विरोध गर्दछ ।’
निकारागुआमाथि संरा अमेरिकी हस्तक्षेपकारी नीति अन्तर्राष्ट्रिय कानुनको विरुद्ध भएको भन्दै उनले प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित निकारागुआका राष्ट्रपति डानिएल अर्टेगाको अपमानप्रति खेद व्यक्त गरे ।
‘‘हस्तक्षेपकारी नियत र अपमानपूर्वक संरा सङ्घका लागि संरा अमेरिकी स्थायी प्रतिनिधि निक्की हालेले निकारागुआमाथि कारबाहीको माग गरेकी छिन् र भेनेजुयलाविरुद्ध फोहोरी युद्धको नीति कायम राखेकी छिन् । यसो गरेर संरा अमेरिकाले सबै अन्तर्राष्ट्रिय अभ्यासको उल्लङ्घन गरेको छ र राष्ट्रपति डानिएल अर्टेगाको अपमान गरेको छ ।’’, मोनेरोले आफ्नो मन्तव्यमा भने ।
उनले राष्ट्र सङ्घको सुरक्षा परिषद्ले संरा अमेरिकी प्रतिनिधिको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिको खतराको रुपमा लिनुपर्ने धारणा राखे । निकारागुआको परिस्थितिबारे बोल्दै उनले त्यहाँ प्रष्टतः वैदेशिक हस्तक्षेपमार्फत हिंसा र अस्थीरता भड्काउने प्रयास भइरहेको बताए ।
सम्पूर्ण (पन्ध्रै) देशको एकताविना नै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निकारागुआ र भेनेजुयलाको अवस्थाबारे छलफल गर्ने विवादास्पद निर्णय गरेको छ ।
मङ्गलबार चीन, रुस, बोलिभिया, इथियोपियालगायतले निकारागुआ र भेनेजुयलाको अवस्थाबारे सुरक्षा परिषद्मा छलफल गर्ने प्रस्ताव अस्वीकार गरेका थिए । उनीहरूले निकारागुआ र भेनेजुयलाको वर्तमान अवस्था अन्तर्राष्ट्रिय सुरक्षाको लागि खतरा नभएको भन्दै सो प्रस्ताव अस्वीकार गरेका थिए ।
Leave a Reply