नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, २२ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार विश्व शिक्षा तथा साक्षरता दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि नेमकिपाका सांसद प्रेम सुवालले पुँजीवादमा रगतको नाताभन्दा नगदको नाता बलियो हुने कारण पुँजीवादी समाजमा नयाँनयाँ समस्या उत्पन्न भइरहने बताउनुभयो ।
उहाँले छाउपडी, बोक्सा–बोक्सी, बलात्कार, यौन दुव्र्यवहार, अन्धविश्वास हटाउन साक्षरता अभियान व्यापक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिंदै विज्ञानसम्मत शिक्षा सम्प्रेषण गर्न आवश्यक रहेको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले महिलाहरू सीप र ज्ञान सिकेर योग्य भई समाजमा अगाडि बढ्नुपर्ने बताउँदै कानुनी विषयमा पनि महिलाहरू जानकार भई समाजको समस्या समाधानतिर अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भनपाले सम्पदा निर्माणमा मौलिक प्रविधिलाई प्राथमिकतामा राखेको र भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्रका रुपमा स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां, वडा नं. १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखा, सरिना द्योला र कृष्णलक्ष्मी दुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply