भर्खरै :

एकजना साहित्यिक पुरस्कार मूल्याङ्कनकर्ताको बयान

अरशिया सत्तार एकजना लेखक, अनुवादक, प्राज्ञ र आवासीय साहित्यिक कार्यक्रम हुने संगम गृहका संस्थापकमात्र होइनन्, उनी भारतमा साहित्यिक पुरस्कार वितरण समारोहमा निरन्तर र अर्थपूर्णरुपमा देखिने व्यक्ति पनि हुन् । विगत धेरै वर्षदेखि उनले लगातार विभिन्न पुरस्कारको निर्णायक मण्डलमा पनि रहेर योगदान गर्दै आएकी छिन् । सत्तार अहिले पनि जीसीबी साहित्य पुरस्कारको निर्णायक मण्डलमा छन् । आगामी सन् २०१८ को अक्टोबरमा यो पुरस्कारको विजेता घोषणा गरिनेछ । साहित्यिक पुरस्कारको मूल्याङ्कन प्रक्रिया र भारतमा लेखनको अवस्थाबारे सत्तारसँग स्क्रोल.आइएनले गरेको कुराकानी प्रस्तुत छ ः
अरशियाजी, तपाईंले आजसम्ममा धेरै पुस्तकको मूल्याङ्कन गरिसक्नुभयो । सबभन्दा पहिले मूल्याङ्कन गरेको पुस्तक कुन थियो ? त्यतिबेलाको अनुभव कस्तो थियो ?
म सबभन्दा पहिले निर्णायक बनेको पुरस्कार भनेको शक्ति भट्ट पुरस्कार थियो । सन् २००९ मा त्यो पुरस्कारको लागि बनेको निर्णायक मण्डलमा म पनि थिएँ । मलाई सम्झना भएसम्म त्यही सालबाट नै त्यो पुरस्कार दिन थालिएको हो । आजसम्म पनि म त्यस पुरस्कारका निर्णायक मण्डलमा छु । जीत थेयिल (अर्का मूल्याङ्कनकर्ता) र म । मलाई निर्णायक मण्डलमा राखिंदा निकै गौरव महसुुस भएको थियो । साहित्यिक पुरस्कारको लागि कसैले आग्रह गरेको त्यो नै पहिलो पटक थियो । त्यो अनुभव निकै महत्वपूर्ण थियो । दस वर्षपछि त्यतिबेलाको अनुभव ठ्याक्कै भन्न गा¥हो छ । तर यी दस वर्षमा यति धेरै पुरस्कारको मूल्याङ्कनका क्रममा पुस्तकहरू पढेपश्चात् मैले सिकेको कुरा– हामीले आफूलाई होइन, पुस्तकलाई गम्भीरतापूर्वक लिन जरुरी छ । हामीले गल्ती पनि गरिरहेका हुनसक्छौँ, हाम्रा साथीहरूको प्रभावमा परेर हामीले गलत निर्णय पनि गर्न सक्छौँ अथवा हामीले आफ्नो मनस्थिति परिवर्तन पनि गर्न सक्छौँ ।
पछिल्ला केही वर्षमा तपार्इं वास्तवमा भारतका लगभग सबै प्रमुख पुस्तक पुरस्कारको निर्णायक मण्डलमा हुनुहुन्छ । निर्णय प्रक्रियामा सबभन्दा बढी रोचक लाग्ने पक्ष के हो तपाईंको लागि ? समय र त्यसमा चासोको हिसाबमा यसप्रति कतिको आकर्षण बढेको देख्नुहुन्छ ?
वास्तवमा यसप्रति आमरुपमा चासो बढेको छ । यो त एक प्रकारको सम्मान र गौरव हो । त्यसभित्र धेरै थरी जिम्मेवारी हुने गर्दछ । सबै पुरस्कारका निर्णायक मण्डल सदस्यले यस्तै जिम्मेवारीबोध गर्ने र यसलाई गम्भीरतापूर्वक लिने मेरो विश्वास छ । मानिसहरू यो कामलाई विस्मयकारी भनी सोच्छन् । किताब पढ्नुलाई पेशाको रुपमा लिने गरिंदैन । उनीहरूका लागि त यो रमाइलो मात्र हो । पुस्तक पढ्नु रमाइलो हो तर त्यसको अर्थ तपाईले रमाइलोको लागि पुस्तक पढ्ने भन्ने होइन । किताबले के भनिरहेको छ, के भनिरहेको छैन, के भन्न चाहेको छ अथवा आफूले के भनिरहेको सोच्दैछ भन्ने बारेमा तपाईले आफ्ना आलोचनात्मक आँखा र कानलाई सधैं चनाखो बनाइरहनु पर्ने हुन्छ । पठनको यो निकै जटिल प्रक्रिया हो । यसले हामीलाई निकै थकाउन सक्छ ।
अर्को कुरा, हामी एक वर्षभरिका पुस्तक एक अर्कोको तुलना गर्दै मूल्याङ्कन गर्ने गर्दछौँ । हामी सम्पूर्ण समयको लागि होइन, त्यो वर्षको सबभन्दा राम्रो पुस्तकलाई पुरस्कृत गर्ने गर्दछौं । त्यसकारण तपाईंले आफ्नो लागि अरु कुनै पुस्तक पढिरहनुभएको भएपनि त्यो किताबलाई एकातिर पन्छाएर मूल्याङ्कन गर्नुपर्ने पुस्तकमा डुब्नुपर्ने हुन्छ । मेरो अनुभवमा हामीलाई मूल्याङ्कनको लागि दिइने समयसीमा निकै छोटो हुने गर्दछ । केही महिना (अधिकांशतः दुई महिना) भित्र झण्डै पचासवटा पुस्तक पढ्नुपर्ने हुन्छ । निःसन्देह शक्ति भट्ट र टाटा साहित्य लात्जस्ता केही पुरस्कारले हामीलाई सूचीकृत पुस्तकहरूमात्र पठाउने गर्दछन् । त्यसकारण त्यसको लागि हाम्रो समय कम लाग्ने गर्दछ तर हाम्रो आलोचनात्मक बुझाईमा अझ गहिराईको आवश्यकता भने पर्दछ ।
म सबभन्दा बढी रमाउने पक्ष भनेको पुस्तक पढ्नुमा नै हो । हरेक समय नयाँ पुस्तक पढ्ने पाइरहेकी हुन्छु । हरेक दिन मेरो घरमा नयाँ किताबले दैलो उघारिरहेको हुन्छ । अनि किताब किन्न आफ्नो जीवनको सबभन्दा ठूलो हिस्सा बिताएको मान्छेको निम्ति योभन्दा खुसीको समय के हुन सक्ला ?
पुस्तकमा तपाईं कस्तो गुणको खोजी गर्नुहुन्छ ?
मैलै साहित्यिक पुरस्कारकै लागि मूल्याङ्कन गर्ने भएकोले सबभन्दा पहिले हेर्ने पक्ष भनेको भाषाशैली नै हो । भाषा र शैलीले तपाईलाई आकर्षण गरेको हुनुप¥यो । राम्रो कथा पनि नराम्रो पाराले भन्नु ठीक होइन अथवा महान् कथा खराब भाषामा भन्न मिल्दैन । त्यसपछिको अर्को पाटो भनेको कथावस्तु, चरित्रनिर्माण, भावुकता, पृष्ठभूमि सबै एकैचोटी आउने गरेको छ । मेरो लागि कुनै पनि पुस्तकको सबभन्दा महत्वपूर्ण पाटो भनेको त्यो पुस्तक एकातिर बिसाइसकेपछि पनि त्योे मेरो दिमागमा झुण्डिरहन्छ वा रहँदैन भन्ने हो । कुनै किताब ‘सम्झिरहनु’ र झुण्डिरहनु फरक कुरा हो । पुस्तक दिमागमा झुण्डिरहनुको अर्थ सम्झनुभन्दा कमजोर, क्षणिक र नजानिंदो हुने गर्दछ । विभिन्न पुस्तकले विभिन्न तरिकाबाट यस्तो प्र्रभाव पारिरहेको हुन्छ । त्यसकारण पुस्तकको एउटै गुण वा एउटै पक्षका कारण त्यसरी झुण्डिरहेको हुन्न ।
पुस्तक पढ्दा तपाईंलाई सबभन्दा दिक्क लाग्ने कुरा के के हुन् ?
उही, भाषाको कल्पनाहीन प्रयोग, सतही र खराब व्याकरण भएका पुस्तक पढ्दा दिक्क लाग्छ । आजभोलिका पुस्तकमा यस्ता समस्या धेरै देखिएका छन् । निकै अब्बल सम्पादकीय क्षमता भएका ठूला प्रकाशन गृहहरूबाट प्रकाशित हुने पुस्तकहरूमा समेत यस्ता त्रुटी देखिने गरेका छन् । त्यसमध्ये पनि सतहीपना सबभन्दा खराब कुरा हो–त्यो भाषिक सतहीपना पनि हुनसक्छ वा चरित्र र कथावस्तुको सतहीपना पनि हुनसक्छ । निःसन्देह, संसारमा तीन वटा मात्र कथाहरू छन् र हरेक कथा सयौं भाषामा हजारौं पटक भनिसकिएको छ । त्यसकारण लेखनमा सतहीपना भन्नुको अर्थ राम्रो लेखनको मृत्यु हो । ‘तिमीले के भन्छौ ठूलो कुरा होइन, कसरी भन्छौ भन्ने कुराले महत्व राख्दछ ।’ कुनै पनि कुरालाई पूर्णरुपमा नयाँ तरिकाले भन्ने सम्भावना निकै कममात्र छ । त्यसकारण हामीले उही पुरानो कुरालाई गौरवपूर्ण नयाँ तरिकाले भन्नुपर्ने हुन्छ । शास्त्रहरूको अनुवादमा भन्दा राम्रो अरु तरिकाबाट यो काम पूरा हुन सक्दैन । यही मान्यता नै सतही लेखनविरुद्ध मेरो पूर्वाग्रहको स्रोत हुन सक्दछ ।
सामान्यतः पुरस्कार छनौटको लागि तपाईं कसरी उपलब्ध पुस्तकको पठन सुरु गर्नुहुन्छ ?
सबै तरिकाबाट । केही–केही तरिका त उट्पट्याङ खालको पनि हुन्छ । जस्तै कतिपय अवस्थामा त पुस्तकको लेखकको नामको वर्णानुक्रमअनुसार पनि पढ्न सुरु गरिन्छ । वास्तवमा त्यो पूर्णतः उत्साहित बनेको सङ्केत हो । तर अक्सर गरेर मैले पढिसकेका पुस्तकहरू एकातिर राख्ने गर्छु, त्यसपछि यसअघि नै पुस्तक प्रकाशन गरिसकेका लेखकका वा प्रतिष्ठा कमाइसकेका लेखकका पुस्तक अलग्ग पार्ने गर्छु । त्यस्ता लेखकका पुस्तक म अक्सर गरेर अन्तिममा मात्र पढ्ने गर्छु । म सामान्यतः पहिलो पटक पुस्तक प्रकाशन गरेका लेखकका पुस्तकबाट पढ्न सुरु गर्ने गर्छु । अथवा यसअघि मैले कहिल्यै पनि पुस्तक नपढेका लेखक, मैले कहिल्यै नाम नसुनेका लेखकका पुस्तकबाट पढ्न आरम्भ गर्ने गर्छु । साँच्चै भन्ने हो भने त्यस्ता पुस्तकले मलाई निकै आश्चर्यमा पार्ने गर्दछन् । त्यस पछि म स्थापित लेखकका पुस्तक पढ्ने गर्छु । अनि मैले अगाडि पढिसकेको पुस्तक दोहो¥याएर पढ्ने गर्छु ।
यसरी पुस्तक पढ्ने क्रममा म टिपोट बनाउने गर्छु र ती टिपोट मेरो अध्ययन कक्षमा अलग्ग फाइलमा सङ्ग्रह गर्ने गर्छु । यो एक प्रकारले भद्रगोल काम पनि हो । तर यदि हामीले एउटा मात्र पुरस्कारको लागि नभई एकभन्दा बढी पुरस्कारको एकै साथ पढ्नुपर्ने भयो भने त्यतिबेला वास्तवमै यो अर्कै मज्जाको विषय हुन्छ । (प्रायशः समयसीमा तोकेर पुस्तक मूल्याङ्कन गरिने भएकाले म त्यसै गर्ने गर्छु ।) एउटै कोठालाई दुई भागमा विभाजन गर्नुपर्ने हुन्छ । एकातिर एउटा पुरस्कारको लागि अनि अर्कोतिर अर्को पुरस्कारको लागि । अनि कोठाभरि फरक–फरक क्याटागोरीका पुस्तकहरूका चाङ लाग्ने गर्दछन्–कुनै मैले पढिसकेका, कुनै पुरस्कारको सम्भावना भएका, कुनै मलाई पक्कापक्की नभएका, अनि सम्भावना नै नभएका सिधै बाकसमा थन्काउने गर्छु । कुनै पुस्तक सुत्ने कोठामा पढिरहेको हुन्छु, कुनै सोफामा पढिरहेको हुन्छ । भान्छामा बाहेक घरका सबै कुनामा म अलग –अलग पुस्तक पढिरहेको हुन्छु । वास्तवमा त्यो दृश्य निकै रोचक खालको हुने गर्दछ । चिन्ता त कोही साथी आएर राखिएको ठाउँबाट पुस्तक चलाइदेला कि भन्ने हो । कसैले यसो पल्टिन पनि मेरा किताब चलाइदिन सक्छन् । कसैले आफ्नो मोबाइल फोन बिसाउन पनि पुस्तक अन्यत्र राखिदिने गर्दछन् ।
पुरस्कार मूल्याङ्कनको लागि तपाईले आजसम्म सबभन्दा बढी कति चोटीसम्म पुस्तक पढ्नुभएको छ ?
दुई पटक पढ्नु त असामान्य होइन । मुस्किलले तीन पटक पढिन्छ तर कहिलेकाहीं मात्र सूचीमा समावेश पुस्तक दुई पटक पढ्नु त नियम नै मानिन्छ ।
दोस्रो पटक पुस्तक पढ्ने क्रममा पुस्तकप्रतिको धारणा पहिलो पटक बनाएको धारणाभन्दा पूर्ण रुपमा परिवर्तन भएको कुनै अनुभव छ कि ?
धेरै पटक भएको छ, विशेषतः विजेताको निधो गर्न पढ्ने क्रममा यस्तो हुने गरेको छ । सम्भावित विजेता पुस्तकको सूची तयार गर्ने क्रममा पनि यस्तो भएको छ । जीत र मैले धेरै पटक यसरी तलमाथि गरेका छौँ । हामी एक अर्कोलाई फलाना पुस्तक, ढिस्काना पुस्तक फेरि पढ्न आग्रह गर्ने गर्छौँ । एकै पटक पढेर विजेता घोषणा गरेको त एउटै मात्र उदाहरण छ । सन् २०१४ मा जब साइरस मिस्ट्रीको पुस्तक ‘क्रोनिकल अफ ए कप्र्स बियरर’ ले डीएससी पुरस्कार जितेको थियो ।
पुस्तक परिचय, पुस्तक समीक्षा अथवा अरु प्रचारबाजीका गतिविधिबाट तपाईले गर्ने निर्णय कतिको प्रभावित हुने गरेको छ ?
साँच्चै भनूँ, कति पनि प्रभाव पर्ने गर्दैन । पुस्तक समीक्षा, प्रचारबाजी वा बजार प्रवद्र्धनबाट नबहकिएर आफ्नो स्वतन्त्र बलियो विचार बनाउन सक्ने भएकैले हामीलाई मूल्याङ्कन गर्ने जिम्मेवारी दिइएको हो । प्रायशः हल्ला नगर्ने मौन तर राम्रो पुस्तकलाई प्रकाशमा ल्याउनु र त्यो पुस्तकमाथि ध्यान आकर्षण गराउनु नै हाम्रो दायित्व हो ।
केही प्रकाशकहरूले आफूले प्रकाशन गरेका ठूला पुस्तक हार्डकभरसहित डिजाइन र कागजको गुणस्तरमा समेत निकै ध्यान दिएर प्रकाशन गर्ने गरेका छन् । के पुस्तकको आवरण र साजसज्जा, कागजको गुणस्तरले मूल्याङ्कनमा प्रभाव पार्दछ ?
अवश्य । कुनै पुस्तकको आवरणले निकै असर पार्ने गर्दछ । कम्तीमा मेरो लागि त्यसको ठूलो महत्व छ । तर त्यसको अर्थ बाक्लो हार्डकभर र चिप्लो आवरण भने होइन । कागजको गुणस्तर र सफा अक्षर (फन्ट) ले भने पक्कै प्रभाव पार्ने गर्दछ । कागज र अक्षरले पुस्तक पढ्न सजिलो बनाउने गर्दछ । राम्रो कागज र सफा अक्षरले किताब पढ्न निकै सजिलो हुने हुँदा त्यसमा केन्द्रित हुने गर्दछौँ किनभने कागज निकै पातलो भयो भने त अर्को पानाको अक्षरसमेत तपाईंले पढ्ने क्रममा देख्नुहुनेछ र पठनमा ध्यान केन्द्रित हुनेछैन । पातलो कागजले बाइण्डिङ कमजोर बनाउँछ । सफा अक्षर पनि निकै महत्वपूर्ण हुने गर्दछ । कुनै मुद्राराक्षस हुनुभएन, सम्पादन राम्रो हुनुप¥यो । कुनै व्याकरणीय वा शाब्दिक गल्ती हुनुभएन । मूल पाठ भएका पृष्ठमा पाद टिप्पणी हुनुभएन । साथै खाना वा पेय पदार्थ, लुगा र आफन्तजनको लागि कुनै स्थानीय शब्द राखेर फोहोर बनाउन भएन । प्रकाशकले यी सबै कुरामा ध्यान दिन आवश्यक छ । यसो गर्दा आवरण जस्तो सुकै भएपनि पुस्तकभित्र मूल पाठ हुन्छ र त्यो निकै मन छुने बन्छ ।
तपाईंले रुचाउनुभएका पुस्तक कतिपटक पुरस्कृत भएका छन् ?
आश्चर्य लाग्छ, साँच्चै मैले रोजेका पुस्तकले नै प्रायशः पुरस्कार पाउने गरेका छन् । सधैं मैले छानेकै पुस्तक पुरस्कृत हुने कुरा गर्दा त अतिरञ्जना होला । राम्रो पुस्तक आखिरमा राम्रो पुस्तक हो र सामान्यतः सबै मूल्याङ्कनकर्ताको मूल्याङ्कनमा त्यो उत्कृष्ट पुस्तक नै हुने गर्दछ । मूल्याङ्कनकर्ताले तयार पार्ने पुस्तक सूचीमा प्रायशः एक अर्कोको छाया देखिने गर्दछ । विजेता छान्ने समयमा भने केही तानातान जस्तो पनि हुने गर्दछ । तर म भाग्यमानी छु त्यसअर्थमा कि मैले सही गरेको कुनैपनि पुस्तकको लागि मैले बेखुशी हुनुपरेको छैन । त्यो हो वा मूल्याङ्कन बैठकमा म मेरा सहकर्मीहरूबीच वादविवाद गर्ने भएर त्यस्तो हुने गरेको हो !
पश्चिमा देशहरूमा त्यहाँका उत्कृष्ट पुस्तकलाई दिइने पुरस्कारको मूल्याङ्कनकर्तामा नृत्या·ना, चलचित्र निर्माता, दार्शनिक र अझ चर्चित चलचित्रका स्टारहरूसमेत राखिने चलन छ । तपाईलाई के भारतको पुस्तकलाई दिइने पुरस्कारको हकमा पनि यस्तै हुनुपर्दछ भन्ने लाग्छ ?
अहँ, लाग्दैन । मेरो विचारमा पुस्तकको मूल्याङ्कन साहित्यिक क्षेत्रमै अभ्यस्त केही मानिसहरूको समूहबाट हुनुपर्दछ । हामीकहाँ हुने साहित्य महोत्सवहरूमा हामीले धेरै चलचित्रका स्टार र राजनीतिक नेताहरू देखिरहेका छौँ । उनीहरूले त्यहाँ साहित्यबाहेक सबै विषयमा कुराकानी गर्ने गर्दछन् । अर्को कुरा राम्रो पुस्तकको छनौट गर्न नै विशेष मूल्याङ्कन समिति हुन आवश्यक छ । बजारमा चलेको वा प्रचारमा आएको पुस्तक भएकै कारण कुनै पुस्तकलाई मूल्याङ्कनमा पारिनु ठीक होइन । न त मलाई कुनै नाच प्रतियोगितामा निर्णायक बनाउनु ठीक हो । हामीकहाँ सबै पुस्तकलाई दिइने पुरस्कार साहित्यिक पुरस्कार नै हो । त्यसकारण मेरो विचारमा ती पुरस्कारको मूल्याङ्कन समितिमा साहित्यिक क्षेत्रकै व्यक्तित्व रहनु आवश्यक छ । जीवनका अरु क्षेत्रका विज्ञ र स्टारहरूभन्दा साहित्य क्षेत्रका मानिसको संलग्नता नै राम्रो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *