भर्खरै :

कोरियाली मजदुर पार्टीको ७० औं स्थापना दिवसमा–२

किम जोङ्ग उन
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७० औं स्थापना दिवस आउँदो सेप्टेम्बर ९ मा राजधानी प्योङयाङमा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । सो समारोहमा सहभागी बन्न विश्वभरबाट विभिन्न देशका नेताहरू प्योङयाङमा भेला हुँदैछन् । समाजवादी देश प्रजग कोरिया स्थापना दिवसको सन्दर्भमा हामीले प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उनले कोरियाली मजदुर पार्टीको ७० औं स्थापना दिवस (२०१५) को अवसरमा व्यक्त मन्तव्य प्रकाशित गरेका छौं ।
सेना भनेकै पार्टी, राज्य र जनता भन्ने सोङ्गुन क्रान्तिको आधारभूत सिद्धान्तको जगमा, कोरियाली श्रमिक पार्टीले कोरियाली जनसेनालाई “सयको–विरुद्ध–एक”को क्रान्तिकारी सशस्त्र फौजको रुपमा विकास गरेको छ । सेना पनि पार्टी र नेतृत्वप्रति अचुक रुपमा बफादार छ र विचार र निष्ठामा सबल छ । समग्र कोरियाली जनसेनालाई किम इल सुङ्गवाद र किम जोङ्ग इलवादको ढाँचामा विकास गर्ने सङ्घर्षको क्रममा सेनामाथि पार्टीको अविभाजित नेतृत्व स्थापित भएको छ । अन्तिम श्वास रहुञ्जेल पार्टीको कार्यदिशा र नीतिहरूको कार्यान्वयनमा नेतृत्व लिने शक्तिशाली क्रान्तिकारी पाक्तुसानको रुपमा कोरियाली जनसेना विकसित भएको छ । यसले कोरियाली श्रमिक पार्टीको राजनैतिक र सैन्य आधारलाई चट्टानजस्तै बलियो बनाएको छ ।
सोङ्गुन आधारित नेतृत्वअन्तर्गत हाम्रो क्रान्तिकारी पार्टी पङ्क्तिले आफूलाई कोरियाली जनसेनाजस्तै उत्कृष्ट बनाउँदै लगेको छ र कोरियाली श्रमिक पार्टीका सबै सदस्यहरू हाम्रा अन्य जनता कोरियाली जनताको भावना र उत्साहबाट सिकेर क्रान्ति र निर्याणलाई अगाडि बढाउने सकृय प्रयासमा लागिपरेका छन् ।
जुछे क्रान्तिको ध्येयको रुपमा रहेको आफ्नै मौलिक प्रकारको सोङ्गुन आधारित नेतृत्वअन्तर्गत अगाडि बढ्दै जाँदा, पार्टीले आफ्नो नेतृत्व क्षमता र लडाकु कार्यकुशलतालाई आमूल सुधार गरेको छ ।
क्रान्तिकारी पार्टी निर्माण गर्ने गोरेटोलाई प्रज्ज्वलित गर्दै अपराजय पार्टीको रुपमा विकास भएको यो कोरियाली श्रमिक पार्टी अनुभव आफैमा स्वतन्त्रताको युगमा क्रान्तिकारी पार्टी निर्माण गर्ने ध्येयलाई कार्यान्वयन गर्नमा जीवन्त उदाहरण प्रस्तुत गर्दछ ।
विगत ७० वर्षमा कोरियाली श्रमिक पार्टीले समाजवादको ध्येयको रुपमा रहेको जुछे क्रान्तिको ध्येयलाई बहुमुखी गम्भीर अग्नि परीक्षाबाट पार गर्दै चमकदार विजयका साथ उज्यालो बाटोमा अगाडि बढाएको छ ।
समाजवादको ध्येयको रुपमा रहेको जुछे क्रान्तिको ध्येयलाई अगाडि बढाउने क्रममा साम्राज्यवाद, संशोधनवाद, प्रभुत्ववाद, ठूला शक्ति–पूजा र जडसूत्रवादको विरुद्ध तीव्र र घनिभूत प्रकारको राजनैतिक र वर्गसङ्घर्ष सञ्चालन गर्नु परेको छ । यो जनताको सच्चा र नयाँ समाज निर्माण गर्ने नयाँ गोरेटो खोल्ने कठोर सङ्घर्ष हो । विभिन्न चरणहरू पार गर्दै क्रान्ति र निर्माणलाई अगाडि बढाउने क्रममा, कोरियाली श्रमिक पार्टीले कुनै स्थापित सिद्धान्त वा सूत्रको अवलम्बन गरेको छैन । बरु स्वतन्त्रता, सोङ्गुन र समाजवादको बाटोको रुपमा रहेको मौलिक जुछे विचारले देखाएको बाटोमा सदा गतिशील तरिकाले अगाडि बढेको छ ।
स्वतन्त्रता, सोङ्गुन र समाजवाद कोरियाली क्रान्ति र यसको मुख्य मार्गमा आउने कुराहरू हुन् । यिनीहरू हाम्रो जनताका आकाङ्क्षा र देशको वास्तविक आधारसँग मेल खान्छन् । यिनीहरू झण्डै एक शताब्दी लामो बाटोमा नेतृत्वले हासिल गरेको मूल्यवान परिश्रम, परम्परा र अनुभवको प्रत्यक्ष प्रमाणहरू हुन् । यिनीहरूले हाम्रो क्रान्ति र यसको बाटोको आधारभूत सिद्धान्तलाई प्रज्ज्वलित गर्दछन् ।
पार्टीले स्वतन्त्रता, सोङ्गुन र समाजवादको कार्यदिशालाई बलियोसँग पक्डिएर देश र जनताको लागि अथक परिश्रम गरेर क्रान्ति र निर्माणलाई अगाडि बढाएको छ ।
जुछे क्रान्तिको ध्येयलाई अगाडि बढाउने ऐतिहासिक बाटोमा पार्टीले हाम्रा जनतालाई इज्जतदार र स्वतन्त्र जनताको रुपमा र क्रान्तिको शक्तिशाली उत्प्रेरक शक्तिको रुपमा प्रशिक्षित गरेको छ ।
जुछे क्रान्तिको ध्येय हासिल गर्न स्वतन्त्र उत्प्रेरक शक्तिको रुपमा आम जनतालाई प्रशिक्षित गरेर पार्टीले निकै ठूलो उपलब्धि हासिल गरेको छ ।
आम जनता नै आफ्नो भाग्य र भविष्यका मालिक हुन् र स्वतन्त्रताको ध्येयलाई कार्यान्वयन गर्न उनीहरू जिम्मेवार छन् । तर क्रान्तिकारी पार्टीहरू सच्चा नेतृत्वको मातहतमामात्रै उनीहरू क्रान्तिको सच्चा उत्प्रेरक शक्ति बन्न सक्दछन् ।
कोरियाली श्रमिक पार्टीले आम जनतालाई वैचारिक रुपमा व्युँझाउँदै, साङ्गठनिकरुपमा गोलबन्द गर्दै पार्टी र नेतृत्वको वरिपरि आम जनतालाई एकढिक्का पार्ने महत्वपूर्ण कार्यको रुपमा सच्चा नेतृत्व दिंदै आएको छ ।
पार्टीले आम जनतालाई वैचारिक, स्वेच्छिक र साङ्गठनिक रुपमा आफ्नो वरिपरि गोलबद्ध गर्दै, जुछे विचारले लैस गर्दै, एकल सामाजिक राजनैतिक अङ्गको रुपमा सङ्गठित गरेको छ । पार्टीले जनतालाई आफ्ना महान क्रान्तिकारी उमङ्ग र अथक सृजनशीलताको प्रस्फुटनको लागि पनि प्रोत्साहित गरेको छ र क्रान्तिको उत्प्रेरक शक्तिको रुपमा उनीहरूका जिम्मेवारी र भूमिकालाई पूरा गराएको छ ।
हाम्रो देशमा कोरियाली जनसेनाका सबै कर्मचारी र अन्य जनता आफ्नो अटल निष्ठाको रुपमा पार्टीमा मार्गनिर्देशक विचारको रुपमा रहेको जुछे विचारले लैस भएका छन् र पार्टी वरिपरि एकमना एकत्व हासिल गरेका छन् । पार्टीको कार्यदिशा र नीतिहरूलाई कार्यान्वयन गर्न समर्पणका साथ काम गरिरहेका छन् । देशको सम्पन्नता र जनताको खुसीको लागि पार्टीको योजना र निर्णय राष्ट्रसेवा कर्मचारी र अन्य जनताको क्रान्तिकारी चाहना बनेको छ र उनीहरूले त्यसको कार्यान्वयन पनि गरिरहेका छन् ।
त्यसमा पनि नयाँ पुस्ताका युवाहरू कोरियाली श्रमिक पार्टीको भरपर्दो अजेय शक्तिको रुपमा र क्रान्तिको उत्तराधिकारीको रुपमा अगाडि आएका छन् । उनीहरूले जुछे क्रान्तिको ध्येयलाई हासिल गर्ने चक्मादार लडाकुको भूमिका निभाइरहेका छन् । यसरी हाम्रो देश संसारमै सबैभन्दा शक्तिशाली युवाशक्तिको रुपमा व्यापक रुपले परिचित छ । युवालाई आफ्नो समयका अभिनायकको रुपमा प्रशिक्षित गर्न र आफ्नो अग्रगामी शक्ति तथा सङ्गठनको रुपमा विकास गर्ने क्रममा पार्टीले इतिहासमै उल्लेखनीय ठूला उपलब्धिहरू हासिल गरेको छ ।
पार्टीसँग अहिले उत्कृष्ट सेना र जनता छन्, प्रशंसायोग्य जनता छन, जनता र सेनालाई विश्वास गर्ने नेतृत्व छ । उनीहरूले जस्तोसुकै प्रतिकुलतामा पनि पार्टीका ध्येयप्रति असीम निष्ठा राख्दछन् । यही नै कोरियाली श्रमिक पार्टीको ठूलो इज्जत र गर्वको कुरा हो र यसैमा पार्टीका ७० वर्ष लामो सदा विजयी ऐतिहासिक चरणको रहस्य लुकेको छ ।
स्वतन्त्रताको लागि जनताको माग र आदर्शको मूर्तीकरण हुने जुछेमुखी समाजवाद निर्माण नै यस पार्टीको ऐतिहासिक परिश्रमको प्रतिफल हो ।
समाजवाद नै श्रमिक जनताको लक्ष्य हो र समाजवादको निर्माण नै क्रान्तिकारी पार्टीहरूको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । जनताको आदर्शसँग एकाकार हुँदै, सच्चा समाजवाद निर्माणको लागि, कोरियाली श्रमिक पार्टीले नयाँ बाटो खोल्यो र यस लक्ष्यको सङ्घर्षको समग्र बाटोमा पार्टी जुछेमुखी क्रान्तिकारी कार्यदिशा र क्रान्तिप्रति निरन्तर रुपमा आबद्ध रहँदै आएको छ ।
पार्टीको आफ्नै शक्तिमा भर परेर, हाम्रो देशको विशिष्ट अवस्था र स्वतन्त्रताको लागि, हाम्रा जनताका आकाङ्क्षाप्रति सुनिश्चित रहँदै, समाजवाद निर्माणमा आइपरेका सबै समस्यालाई पार्टीले समाधान गरेको छ । विदेशी शक्तिको हस्तक्षेप र दबाबलाई ललकार्दै, जुछे उन्मुख समाजवादको बाटोमा, पार्टी लगातार र अविचलित अगाडि बढिरहेको छ । यस्तो साहसिक यात्राको परीक्षण कालमा पनि, हाम्रो मौलिक प्रकारको समाजवादको घाँटी थिच्ने, आक्रामक शक्तिहरूको घातक चालहरूलाई कठोरताका साथ ललकार्दै, पार्टीले समाजवाद निर्माणलाई गति दिन दिगो प्रयास गरेको छ ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *