नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
किम जोङ्ग उन
प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७० औं स्थापना दिवस आउँदो सेप्टेम्बर ९ मा राजधानी प्योङयाङमा भव्यताका साथ मनाउने तयारी भइरहेको छ । सो समारोहमा सहभागी बन्न विश्वभरबाट विभिन्न देशका नेताहरू प्योङयाङमा भेला हुँदैछन् । समाजवादी देश प्रजग कोरिया स्थापना दिवसको सन्दर्भमा हामीले प्रजग कोरियाका सर्वोच्च नेता किम जङ्ग उनले कोरियाली मजदुर पार्टीको ७० औं स्थापना दिवस (२०१५) को अवसरमा व्यक्त मन्तव्य प्रकाशित गरेका छौं ।
कोरियाली श्रमिक पार्टीको जुछे–उन्मुख कार्यदिशाअनुसार, पार्टीको विवेकपूर्ण नेतृत्वअन्तर्गत हाम्रो देशमा निर्माण भएको समाजवाद जनकेन्द्रित समाजवाद हो । त्यसैमा आम जनता राज्य र समाजका सच्चा मालिक भएका छन् । उनीहरूको स्वतन्त्रताको माग पनि पूर्णरुपमा पूरा गरिएको छ ।
हाम्रा जनताले राज्य तथा सामाजिक जीवनका सबै पक्षमा, मालिकको रुपमा आफ्ना अधिकारहरूको अभ्यास गर्दछन् र हाम्रो देशमा जनताको माग र हितलाई पहिलो प्राथिमिकता दिई, जनतालाई सम्मान र प्रेम गर्ने राजनैतिक व्यवस्था कायम गरिएको छ । हाम्रो समाजवाद जनताको लागि सच्चा समाजवाद अर्थात् जनता–केन्द्रित समाजवाद भएको कारणले जनताले यसलाई आफ्नो प्राणजस्तै प्यारो ठान्दछन् र आफ्नो समाजवादी धर्तीलाई सिँगार्न जतिसक्यो चाँडो यसलाई हराभरा समाजवादी देशको रुपमा विकास गर्न समर्पणका साथ लागिपर्दछन् ।
कोरियाली श्रमिक पार्टीको विवेकपूर्ण नेतृत्व मातहत, पार्टीप्रति निष्ठा राख्ने जनताको समर्पित सङ्घर्षको कारण, हाम्रो देश छोटो ऐतिहासिक अवधिमा, प्रतिष्ठित राजनैतिक वैचारिक र सैन्य शक्तिको रुपमा उदय भएको छ । यतिबेला यसले नयाँ शताब्दीमा ज्ञानमा आधारित अर्थव्यवस्था र समाजवादी सभ्यताको निर्माणमा आफ्ना प्रयासहरूलाई पुनः दोब्बर पारेको छ । अपराजयी समाजवादी शक्तिको सामथ्र्य देखाइरहेको छ ।
सेना र जनताको नेतृत्व गर्दै यस पार्टीले विगत शताब्दीदेखि नयाँ शताब्दीसम्म निरन्तर अधिपत्य राख्दै आएका साम्राज्यवादीहरूसँगको शक्ति प्रदर्शनमा विजयको परम्परा नै स्थापना गरेको छ । यसरी देशको प्रतिष्ठा र सार्वभौमिकतालाई रक्षा गरेको छ, क्रान्तिका उपलब्धिहरूलाई उल्लेखनीयरुपमा रक्षा गरेको छ ।
यो संसारमा साम्राज्यवादको अस्तित्व कायम रहेसम्म, आम जनताको स्वतन्त्रताको ध्येयलाई र शत्रुसँगको शक्ति–प्रदर्शनलाई साथसाथै अगाडि बढाउनुपर्दछ । विगत शताब्दीदेखि हालसम्म पुस्ता–दर–पुस्ता चलिरहेको साम्राज्यवादविरोधी, अमेरिकाविरोधी सङ्घर्षमा हाम्रो देश नै अग्रमोर्चामा रहेको कारण साम्राज्यवादको अतिक्रमणबाट राष्ट्रको प्रतिष्ठा, सार्वभौमिकता र क्रान्तिको उपलब्धि रक्षा गर्ने कार्य विशेषरुपमा महत्वपूर्ण कार्यभारको रुपमा आएको छ ।
सैन्य मामलालाई महत्व दिने कार्यदिशा, सिद्धान्तमा निरन्तर अडिग रही यस पार्टीले क्रान्तिकारी सशस्त्र फौज निर्माण गर्ने र देशको प्रतिरक्षा क्षमता बढाउन सबैभन्दा महत्वपूर्ण राष्ट्रिय मुद्दाको रुपमा रहेको सैन्य मामलालाई अगाडि सारेको छ र केन्द्रमा कोरियाली जनसेना भएको देशको शक्तिशाली प्रतिरक्षा क्षमतामा भरपरी अमेरिकी साम्राज्यवादसँगको निरन्तर शक्ति प्रदर्शनमा एकपछि अर्को विजय हासिल गर्दै आएको छ ।
कमरेड किम इल सुङ्गको विवेकपूर्ण नेतृत्वमा हाम्रा युवा, कोरियाली जनसेना र जनताले आफूलाई संसारमै सबैभन्दा बलियो भनी घमण्ड गरिरहेको अमेरिकी साम्राज्यवादजस्तो तुलना नै गर्न नसकिने आफूभन्दा निकै शक्तिशाली शत्रुलाई पराजित गर्ने– पितृ–भूमि स्वतन्त्रता सङ्ग्राममा ऐतिहासिक चमत्कार देखाएका छन् । यो गौरवमय विजय जुछेमुखी सैन्य विचारको विजय थियो र लौह इच्छाशक्ति भएका गौरवशाली सेनानायक कमरेड किम इल सुङ्गको उत्कृष्ट सैन्य रणनीतिको विजय थियो । यो आफ्नो अनमोल मातृभूमिको लागि विनाहिच्किचाहट आफ्नो जीवन उत्सर्ग गर्ने युद्धमा सहभागी राष्ट्रसेवी कर्मचारी अन्य जनताको देश रक्षा गर्ने साहसिक भावनाले ओतप्रोत विजय थियो ।
सोङ्गुनको शक्तिले र सैन्यबलको शक्तिले हरेक चरणमा अतिक्रमण गर्ने शत्रुका निरन्तर योजनालाई चकनाचुर पार्दै, युद्धपछिका विगत दशकहरूमा साम्राज्यवादी गठबन्धन शक्तिसँगको शक्ति प्रदर्शनमा यो पार्टी सधैं विजयी रहँदै आएको छ ।
हालैको समयमा पनि रौं रौंको युद्धको स्थिति सृजना हुँदा आफ्नो नेतृत्व क्षमताको प्रदर्शनले देशमाथि आइपरेका समस्यालाई पन्छाउन सफल भएको छ र यसरी युद्धको आमविनाशबाट राष्ट्रलाई बचाउन र संसारमा शान्ति र सुरक्षा कायम राख्न सफल भएको छ । कठोर भिडन्तको बेलामा देशको प्रतिष्ठा र सार्वभौमिकताको रक्षा गर्नु र क्रान्तिका उपलब्धिलाई जोगाउनु– कोरियाली श्रमिक पार्टी वरिपरि एकमनारुपमा गोलबद्ध भएका सेना र जनताको ठूलो एकताको सामथ्र्य र हाम्रो भावनात्मक तथा भौतिक उच्चताले ओतप्रोत ठूलो विजय थियो ।
स्वतन्त्रता, सोङ्गुन र समाजवादको झण्डामुनि जुछे समाजवादको ध्येयलाई हासिल गर्ने यस पार्टीले हासिल गरेका अमर पराक्रमहरू र मूल्यवान अनुभवहरू, हाम्रो क्रान्तिको विजयी अग्रता र आम जनताको स्वतन्त्रताको उद्देश्य कार्यान्वयनमा ऐतिहासिक महत्व राख्दछन् ।
जुछेको फरफराउँदो झण्डामुनि यस भूमिमा अपराजय समाजवादी शक्ति निर्माण गरेर कोरियाली श्रमिक पार्टीले अन्तर्राष्ट्रिय रणभूमिमा हाम्रो गणतन्त्रको इज्जत र हैसियतलाई निकै उचो राखेको छ । जुछे क्रान्तिको ध्येयलाई हासिल गर्ने र देशको सम्पन्नताको लागि दिगो जग बसाल्ने काम गरेको छ ।
विश्वका शक्तिराष्ट्रहरूको रणभूमिको रुपमा दुःख पाइरहेको कोरियाली प्रायःद्विपको भू–राजनैतिक भाग्यको सिद्धान्त अब इतिहासको विषय बनेको छ र हाम्रो समाजवादी गणतन्त्रले आफ्नो भाग्यको मालिक आफै बन्ने र यस क्षेत्रलगायत समग्र विश्वको भू–स्थितिमा विकासको लागि उत्पे्ररक शक्ति बन्ने आफ्नै प्रकारको अधिकार र प्रभावको अभ्यास गरेको छ ।
अमेरिकी साम्राज्यवाद र त्यसका पिछलग्गूले जस्तोसुकै दुस्साहस गरे तापनि यो पार्टी र हाम्रा जनता आफ्ना सामथ्र्य प्रविधि र स्रोत साधनको अधिकत्तम उपयोगले आफ्नै प्रकारको जल्दोबल्दो समाजवादी राष्ट्र निर्माण गर्ने काममा अगाडि बढी, जनताको स्वर्ग निर्माण गर्न र देश तथा राष्ट्रको अनन्त समुन्नति हासिल गर्न सक्षम भएका छन् । एकमना एकता र शक्तिशाली प्रतिरक्षा क्षमताको कारणले उनीहरू यसो गर्न सक्षम भएका छन् र त्यसको केन्द्रमा हाम्रो आणविक प्रतिरोध रहेको छ ।
यस पार्टीले आम जनताको स्वतन्त्रताको ध्येय, समाजवादको ध्येयको उपादेयता र विजयको अनिवार्यतालाई व्यवहारमै प्रमाणित गरेको छ ।
पार्टीले सबैभन्दा बिग्रिएको अवस्था र परिवेशमा सफलताका साथ समाजवादको रक्षा गर्ने र हराभरा देश निर्माण गर्ने सङ्घर्षलाई नेतृत्व गरेको छ र त्यसैगरी आम जनताको स्वतन्त्रताको ध्येय न्यायपूर्ण हुन्छ र समाजवाद वैज्ञानिक हुन्छ भन्ने कुरा स्पष्टसँग देखाएको छ ।
आफ्नो ऐतिहासिक सङ्घर्षको अवधिभरि, कोरियाली श्रमिक पार्टीले यस पृथ्वी ग्रहमा समाजवाद र न्याय जीवन्तता दिइराख्छ । साम्राज्यवादको जञ्जिर र मनपरीतन्त्रमाथि समाजवाद र न्यायले सर्वोच्चता हासिल गर्दछन् । साम्राज्यवादविरोधी स्वतन्त्रता र समाजवादको दिशामा अगाडि बढ्ने समयको प्रवाहलाई कसैले रोक्न सक्दैन भन्ने ऐतिहासिक सच्चाइलाई प्रमाणित गरेको छ ।
कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको महान् पार्टीको पवित्र क्रान्तिकारी ध्येय सदा विजयी रहनेछ र यसको मार्गनिर्देशन रहँदासम्म, हाम्रो क्रान्तिको अन्तिम विजय सुनिश्चित छ । यस कोरियाली श्रमिक पार्टीको गौरवमय ७० वर्षको इतिहासको निष्कर्ष पनि यही हो ।
महान् किम इल सुङ्गवाद र किम जोङ्ग इलवादको फरफराउँदो झण्डामुनि, जुछे–क्रान्तिको ध्येय हासिल गर्नु कोरियाली श्रमिक पार्टी र यसको अटल इच्छाको ऐतिहासिक कार्यभार हो । किम इल सुङ्गवाद र किम जोङ्गइलवाद कोरियाली श्रमिक पार्टीको मार्ग–दर्शक सिद्धान्त हो र यो नै विजयको अनन्त ध्वजा पनि हो ।
हामी महान् किम इल सुङ्गवाद र किम जोङ्ग इलवादले देखाएको लक्ष्यउन्मुख जुछे मार्गमा निरन्तर अगाडि बढनुपर्दछ ।
हामीले यस पार्टीलाई अनन्त रुपमा कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको पार्टीको अनन्त नेतृत्वको उचाइ खडा गर्नुपर्दछ र उहाँहरूको विचार र चाहनाअनुसार यस पार्टीको निर्माण र कार्यक्रमलाई सञ्चालन गर्नुपर्दछ ।
हामीले कोरियाली श्रमिक पार्टी निर्माणको लागि उहाँहरूको विचार र मेहनतलाई वफादारिताका साथ रक्षा गर्नुपर्दछ, उहाँहरूको इज्जत बढाउने काम गर्नुपर्दछ । पार्टी निर्माणमा उहाँहरूको विचार र निर्देशनलाई दह्रो गरी पक्डिएर पार्टीका भ्रातृ सङ्गठनहरूले अन्तिम समयसम्म बिना कुनै विचलन यिनीहरूको कार्यान्वयन गर्नुपर्दछ, उहाँहरूको नेतृत्वको परिश्रम इज्जत चम्काउने कार्यलाई निरन्तर तिव्रता दिइरहनुपर्दछ ।
हामीले अझ दह्रो गरी पार्टीको एकीकृत नेतृत्व स्थापना गर्नुपर्दछ ।
समग्र पार्टी पङ्क्तिलाई महान किम इल सुङ्गवाद र किम जोङ्ग इलवादको विचार, निष्ठा र नमुनाअनुसार स्पातीकरण गर्नुपर्दछ ।
कोरियाली श्रमिक पार्टीका सबै पदाधिकारी र अन्य सदस्यहरूले आफूमा यस कोरियाली श्रमिक पार्टीको क्रान्तिकारी विचारबाहेक अन्य कुनै विचारबारे जानकारी नभएको भन्ने अविचलित विश्वासलाई बढाउनुपर्दछ । सबै प्रकारका बाहिरी वैचारिक प्रवृत्तिहरूका विरुद्धमा सम्झौताहीन सङ्घर्ष सञ्चालन गर्नुपदर्छ र पार्टीको निरपेक्ष वैचारिक शुद्धतालाई सुनिश्चित गरिनुपर्दछ ।
हरेक प्रकारले पार्टीको एकता र सामञ्जस्यतालाई बलियो पार्नुपर्ने हुन्छ । समग्र पार्टी पङ्क्ति केन्द्रीय समितिको एकीकृत नेतृत्वअन्तर्गत अगाडि बढ्ने गरी स्पाती साङ्गठनिक अनुशासन कायम गरिनुपर्दछ ।
सङ्गठन, अनुशासन र एकताका सबल भावना क्रान्तिकारी पार्टीका प्राणवायु हुन्, पार्टीको अपराजय सामथ्र्यका ऊर्जा हुन् । निरक्षेप क्रान्तिकारी अनुशासन यसरी स्थापित गर्नुपर्दछ कि समग्र पार्टी एउटै विचार उद्देश्यका साथ केन्द्रीय समितिको वरिपरि बलियोसँग गोलवद्ध होओस् र पार्टीका कार्य तथा कार्यक्रममा देखापरेका सबै समस्याहरूलाई पार्टी समितिमा ल्याई एकमना निर्णयअनुसार समाधान गरिनुपर्दछ । पार्टीका सबै सदस्य र भ्रातृ–सङ्गठनहरू पार्टीमा स्थापित पद्धतिअनुसार कार्य गर्नु र जीवनशैली अपनाउनुपर्दछ ।
पार्टीको विचार तथा नीतिको रक्षा गर्ने र जीवनको अन्तिम अवस्थासम्म तिनीहरूको कार्यान्वयन गर्ने क्रान्तिकारी माहौललाई अनन्त परम्पराको रुपमा कायम राखिनुपर्दछ । पार्टीका सबै भ्रातृ–सङ्गठनहरूले पार्टी नीति हासिल गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्दछ र कहिल्यै नछोड्ने गरी पार्टी कार्यदिशा र नीतिलाई कार्यान्वयन गर्न लगनशील रहनुपर्दछ ।
समग्र पार्टी पङ्क्ति र आम जनताबीचको सम्बन्धलाई अझ बलियो पारिनुपर्दछ ।
यही नै पार्टीको एकत्व र सामथ्र्यको ऊर्जा हो र देश क्रान्तिको रक्षा गर्ने सबैभन्दा शक्तिशाली हतियार पनि हो ।
समग्र पार्टीले “जनताको लागि सबै कुरा र जनतामा आधारित सबै कुरा” भन्ने भनाइलाई उच्च राख्नुपर्दछ । कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलका दृष्टिकोणलाई जनतामा स्थापित गर्दै, जनताप्रति परमेश्वरमा जस्तै विश्वास गर्नुपर्दछ, उनीहरूलाई महत्व दिनुपर्दछ, उनीहरूको निष्ठावान सेवक बन्नुपर्दछ । जनताबीचको गहिराइमा जानुपर्दछ, उनीहरूसँग सुख–दुःख साट्नुपर्दछ । जनताको भलाइको लागि समर्पणका साथ काम गर्नुपर्दछ ।
समग्र पार्टीले शक्तिको दुरुपयोग, नोकरशाहीपना र भ्रष्टाचारविरुद्ध तीव्र सङ्घर्ष सञ्चालन गर्नुपर्दछ । जुछेको क्रान्तिकारी पार्टीको रुपमा आफ्ना मौलिक विशेषताहरूलाई कायम राख्नुपर्दछ । आम जनताको माग र स्वार्थका समग्र रक्षा र सेवा गर्नुपर्दछ ।
कोरियाली श्रमिक पार्टीको नेतृत्व मातहत हामीले जुछे क्रान्तिको ध्येय र पहिलोपटक पाक्तु पर्वतमा सुरु गरिएको समाजवादको ध्येयलाई पूर्णतामा लिएर जानुपर्दछ ।
हामी समाजवादको निर्माण र यसको समग्र कार्यान्वयनको आम कार्यदिशामा निरन्तर लागिरहनुपर्दछ ।
महान् कमरेड किम इल सुङ्गले अगाडि सार्नुभएको आम कार्यदिशा अर्थात् जन सरकारलाई बलियो पार्दै, यसका कार्य तथा भूमिकालाई निरन्तर बढावा दिदै, वैचारिक प्राविधिक र सांस्कृतिक क्रान्ति हासिल गर्ने कार्यदिशा–समाजवाद निर्माणमा स्थायीरुपमा लागिपर्ने रणनैतिक कार्यदिशा हो ।
हाम्रो सरकार र समाजवादी व्यवस्था अझ थप नभएको, जनसरकारले जनताको स्वतन्त्रता हासिल गर्ने अधिकारको प्रतिनिधिको रुपमा, जनताका सृजनात्मक क्षमताको व्यवस्थापकको रुपमा, जन–जीविकाप्रति जिम्मेवार प्रशासकको रुपमा र जनताको स्वतन्त्रता र सृजनशीलताको रक्षकको रुपमा आफ्ना जिम्मेवारी र भूमिकाहरूलाई पूरा गरेको छ कि छैन हेर्नुपर्दछ । जनसरकारका कार्य पद्धति र विधिहरूलाई विकसित यथार्थका आवश्यकताअनुसार सुधार गरिनुपर्दछ । समाजमाथि राज्यको एकीकृत मार्ग निर्देशन र आर्थिक कार्यको सङ्गठकको रुपमा, सरकारका कार्यहरूलाई बढावा दिइनुपर्दछ । यसरी हराभरा देश निर्माणको ऊर्जावान प्रोत्साहन दिइरहनुपर्दछ ।
वैचारिक, सांस्कृतिक र प्राविधिक गरी तीन क्रान्तिहरू नै आधारभूत तरिकाहरू हुन् । यिनैमा समाजवादी आम जनताले स्वतन्त्रताका आफ्ना मागहरूको प्रत्याभूति प्राप्त गर्दछन् ।
यदि हराभरा समाजवादी राष्ट्र निर्माण गर्ने आवश्यकताअनुसार, मानिसका पुनः निर्माण र प्रकृतिको रुपान्तरणलाई सफलतापूर्वक हासिल गर्नु छ र सामाजिक सम्बन्धहरूलाई पूर्णतामा लानु छ भने वैचारिक क्रान्तिलाई ठोस प्राथमिकतामा राख्दै, प्राविधिक र सांस्कृतिक क्रान्तिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्दछ ।
हामीले विचार, सैन्य मामला र विज्ञानलाई महत्व दिने पार्टी कार्यदिशालाई द¥होसँग पक्डिएर हराभरा समाजवादी राष्ट्र निर्माणलाई अगाडि बढाउनुपर्दछ ।
हाम्रो क्रान्तिको प्राथमिक किल्लाको रुपमा रहेको राजनैतिक तथा वैचारिक हैसियतलाई बलियो पार्ने कार्यलाई प्राथमिकतामा राखिनुपर्दछ ।
पार्टी सदस्यहरू र अन्य जनताबीच पाँचबुँदे वैचारिक शिक्षा सञ्चालन गरी हामीले पेक्तुको क्रान्तिकारी मर्मका साथ, बलिरहेको रापिलो हृदय भएका उनीहरूलाई महान विचार र निष्ठामा तयार पार्नुपर्दछ । उनीहरूले नै सबैतिर र सधैंभरि एकमना एकत्वको उत्साहका साथ हाम्रो रक्षा गर्दछन् । त्यस्तैगरी साम्राज्यवादीविरोधी वर्ग सचेतनाको भावनाले ओतप्रोत रही हाम्रो वर्गीय हैसियत र क्रान्तिकारी हैसियतलाई चट्टानजस्तै बलियो पार्न, सदा प्रयासरत उनीहरूलाई वर्गसङ्घर्षका अग्रदस्ता बनाउनुपर्दछ । भित्रैबाट हाम्रो समाजवादी व्यवस्थालाई धराशायी पार्ने, शत्रुका विविध चालहरूप्रति चनाखो भइरहनुपर्दछ । राजनैतिक सचेतनाका साथ यस्ता चालहरूलाई रोक्नु रोक्नुपर्दछ र समाजवादको बगंैचामा जस्तोसुकै तुच्छ प्रकारको किन नहोओस्, पूँजीवादी विषालु झारपातहरूलाई कहिल्यै आउन दिनुहुँदैन । समग्र देशले पुरानो प्रकारको नैतिकता तथा जीवनपद्धतिलाई अन्त्य गर्ने प्रयास गर्नुपर्दछ र आम जनताले एक आपसलाई सहयोग गरिरहने र अगाडि बढाइरहने उत्कृष्ट र सामञ्जस्यपूर्ण ठूलो समाजवादी परिवारको सुन्दर व्यवस्थालाई पूर्णता दिनुपर्दछ ।
नयाँ पुस्ताका युवाहरू कसरी तयारी अवस्थामा छन् भन्ने कुरामा देशको भविष्य र क्रान्तिको आशावादीतामा भर पर्दछ । पार्टीका सम्पूर्ण भ्रातृ–सङ्गठनहरूले युवाहरूलाई महत्व दिदै, पार्टीका विचार र कार्यदिशालाई बलियोसँग पक्डनुपर्दछ । पार्टी वरिपरि युवाहरूलाई गोलबद्ध गर्दै उनीहरूसँगको सहकार्यमा ठूलो प्रयास लगाउनुपर्दछ । पार्टीको शुद्ध र सफा वैचारिक प्राणवायु र निष्ठाको रगतलाई बोकेर हिँडन सक्ने गरी युवाहरूलाई क्रान्तिका अग्र लडाकू दस्ता र युवा सङ्गठन अभिनेता बनाउन प्रोत्साहित गर्नुपर्दछ र अन्तिमसम्म युवाको भाग्यलाई पार्टीको भाग्य बनाउनुपर्दछ ।
पार्टीका आत्मनिर्भर प्रतिरक्षा क्षमताहरू सोङ्गुन कोरियाका, प्रतिष्ठा, सार्वभौमिकता र विजयको सुनिश्चितता हुन् । पार्टीको आत्मनिर्भर प्रतिरक्षाको सैन्य कार्यदिशा र दुवै मोर्चालाई एकसाथ अगाडि बढाउने पार्टी कार्यदिशाअनुसार, देशको प्रतिरक्षा क्षमतालाई थप बढाउने उद्देश्य हासिल गरिनुपर्दछ ।
पार्टीले क्रान्तिकारी सैन्य माहौल, आफूभित्र स्पाती सैन्य अनुशासनजस्ता सर्वोच्च सेनाध्यक्षको आदेश प्रणालीलाई पूर्णरुपमा स्थापित गर्नुपर्दछ । सबै राष्ट्रसेवी कर्मचारीलाई सयको विरुद्ध एकअनुसारको लडाकू बन्ने र आफ्नो सबै एकाइहरूलाई उच्चस्तरका लडाकू फौजको रुपमा तयार पार्न युद्ध तथा राजनैतिक प्रशिक्षणलाई घनिभूत पार्नुपर्दछ ।
पार्टीले सधैं हाम्रो क्रान्तिको पहिलो पङ्क्तिमा अग्रता कायम राख्ने छलाङ्ग मार्नुपर्दछ । ‘‘एकै पटक सबै’’ भन्ने आफ्नो लडाकु उत्साहलाई पूर्णता दिनुपर्दछ र हराभरा राष्ट्र–निर्माणको सबै मोर्चामा महान् सेना–जनता एकताको सामथ्र्यलाई पूर्णतामा पु¥याउनुपर्दछ ।
हामीले ठूलो सङ्ख्यामा आफ्नै प्रकारका शाक्तिशाली धारिला सैन्य हातहतियार उत्पादन गर्नुपर्दछ । हाम्रो आत्मरक्षात्मक आणविक प्रतिरोधलाई निरन्तर बढाइरहनुपर्दछ र आम जनप्रतिरोधको लागि हाम्रो तयारीलाई पूर्णता दिनुपर्दछ ।
जत्तिसक्यो समयमै आधुनिक विज्ञान तथा प्रविधिको सहयोगले आर्थिक शक्ति तथा सभ्य राष्ट्र निर्माण गर्ने पार्टीको सड्ढल्प र चाहना रहेको छ । हामीले विज्ञान र प्रविधिको विकासलाई ठोस प्राथमिकता दिनुपर्दछ र हराभरा समाजवादी राष्ट्रका सबै पक्षलाई समेट्ने गरी शक्तिशाली अर्थव्यवस्था र सभ्यताको उच्चस्तर भएको समाजवादी राष्ट्र निर्माण गर्ने कार्यमा हाम्रा सबै प्रयासहरूलाई केन्द्रित गर्नुपर्दछ ।
पार्टीले अगाडि सारेको क्रान्तिकारी आर्थिक कार्यदिशा र नीतिहरूमा प्रतिबद्ध रहँदै हामीले चरणबद्धरुपमा आर्थिक शक्ति बनाउने लक्ष्य हासिल गर्ने, सङ्घर्षलाई घनिभूत रुपमा सञ्चालन गर्नुपर्दछ । साथसाथै राष्ट्रिय अर्थतन्त्रका सबै अग्रमोर्चालाई टेवा दिने कार्यमा आफ्ना प्रयासहरू केन्द्रित गर्नुपर्दछ ।
जनताले सन्तुष्ट हुने गरी, समाजवादको फाइदा उपयोग गरुन् र संसारमा कुनै पनि कुराप्रति इष्र्या नरहने गरी खुसी जीवन बिताऊन् भन्नाका लागि पार्टीको योजना र चाहनाअनुसार, जनताको जीवनस्तर सुधार गर्ने काममा आफ्ना प्राथमिक प्रयासहरू लगाउनुपर्दछ ।
हामीले एक्काइसांै शताब्दीमा सभ्यताको नयाँ सुनौलो युग सुर गर्नेजस्तो सभ्य समाजवादी राष्ट्रको लागि उपयुक्त प्रकारका शिक्षा, जनस्वास्थ्य, खेलकुद, कला तथा साहित्यलगायत संस्कृतिका सबै क्षेत्रको विकास गर्नुपर्दछ ।
कोरियाली जातिको दीर्घकालीन चाहनाको रुपमा रहेको राष्ट्रिय पुनः एकीकरणको ऐतिहासिक ध्येयलाई बिनाअसफलता हासिल गरिनुपर्दछ ।
देश र राष्ट्रको भाग्य र भविष्यप्रतिको जिम्मेवारीलाई आत्मसात गरेको कोरियाली श्रमिक पार्टीको लागि राष्ट्रिय पुनःएकीकरण नै सबैभन्दा महत्वपूर्ण कार्यभार हो । विगत शताब्दीदेखि कायम रहेको राष्ट्र विभाजनको पीडालाई अब हामीले सहनुहुँदैन । उत्तर– दक्षिण कोरियाबीचको ऐतिहासिक जून १५ को संयुक्त घोषणा र उनीहरूबीच सहमति भएको अक्टोबर ४ को घोषणाका राष्ट्रिय पुनः एकीकरणको लागि तीन सिद्धान्तहरूमा स्पष्ट पारिएअनुसार हामीले आफै आफ्नो राष्ट्रको सिद्धान्तमा आधारित रही विदेशी शक्तिलाई इन्कार गरी, स्वतन्त्रतका साथ देशको पुनः एकीकरण गर्नुपर्दछ ।
महान् नेताहरूको चाहना र मार्गनिर्देशनलाई अवलम्बन गर्दै हामीले राष्ट्रिय पुनः एकीकरणको ऐतिहासिक ध्येयलाई हासिल गर्नुपर्दछ र यस भूमिमा सम्पन्न पुनःएकीकृत देश निर्माण गर्नुपर्दछ ।
हामीले पार्टीको स्वतन्त्रताको विदेश नीतिलाई कार्यान्वयन गर्नुपर्दछ र विश्वव्यापी स्वतन्त्रताको ध्येयलाई हासिल गर्न योगदान पु¥याउनुपर्दछ ।
स्वतन्त्रता, शान्ति र मित्रताको आदर्शमा आधारित रही, हामीले आफूप्रति मित्रवत् रहने अन्य देशहरूसँगको सम्बन्धलाई विकास गर्नुपर्दछ । प्रभुत्व र मनपरी एकाधिकारको खोजी गर्ने साम्राज्यवादी र प्रभुत्ववादी अतिक्रमण र हस्तक्षेपका योजनाहरूलाई कठोरताका साथ निर्मूल पार्नुपर्दछ र अन्त्यमा विश्वव्यापी शान्ति, सुरक्षा र स्वतन्त्रता हासिल गर्नुपर्दछ ।
यतिबेला हाम्रो अगाडि परीक्षा र कठिनाइहरूलाई बहादुरीका साथ सामना गर्दै जुछे–क्रान्तिको ध्येयको अन्तिम विजयलाई तिव्रता दिने हालसम्मको बाँकी उत्कृष्ट कार्यभार हाम्रोसामु छ ।
सबै राष्ट्रसेवी कर्मचारी र जनता एक मन र उद्देश्यका साथ पार्टी वरिपरि गोलबद्ध रहनुपर्दछ । क्रान्तिको अन्तिम विजयतिर आमरुपमा अगाडि बढ्न कदम बढाउनुपर्दछ । यस कोरियाली श्रमिक पार्टीले भविष्यमा पनि कमरेड किम इल सुङ्ग र किम जोङ्ग इलको महान् पार्टीको रुपमा आफ्नो प्रतिष्ठा सारा संसारलाई देखाउनेछ ।
कमरेड किम इलसुङ र किम जोङ्ग इलको महान् पार्टीको यो पवित्र ध्येय सदा विजयी रहनेछ ।
Leave a Reply