भर्खरै :

कुशे आंैसी र कुशको महत्व

–सुनिता पहिजू
नेपाल विश्व मानचित्रमा एउटा सानो बिन्दुसरि छ तर यति सानो देश भए पनि भाषा, संस्कृति र चाडपर्वमा निकै धनी छ । विभिन्न चाडपर्वमध्ये कुशे औंसी पनि एक हो । हिन्दू धर्ममा बुबा, आमा र गुरुलाई भगवानसरि पुजिन्छ । बुबालाई गुरु, रक्षक र पथप्र्रदशक मानिन्छ । संस्कृतको ‘पा’ रक्षणे धातुबाट बनेको पिता शब्दको अर्थ नै संरक्षक हो । पिताबाट नै अबोध शिशुहरूलाई पालनपोषण र मार्गदर्शन गर्ने कार्य भएको हुन्छ । आफ्ना जीवनदाता, शिक्षादाता र पालनकर्ता पिताको सम्मान र आज्ञापालन गर्नु सन्तानको सर्वाेपरि कर्तव्य हो ।
पिताको सम्मान र सेवा गर्नाले जति कल्याण त कुनै पनि दान यज्ञबाट सम्भव छैन । बुबाको मुख हेर्ने दिनलाई कुशे आंैसी वा पितृतर्पणी औंसी वा गोकर्ण औंसी पनि भनिन्छ । यस दिन आफ्ना बुबालाई मीठो मीठो खान उपहार तथा सम्मान गरेर मनाइन्छ । धर्म गर्नलाई मन्दिर धाउने होइन आफ्ना मातापिताको सेवा र सम्मान गर्नुपदर्छ । त्यसैले श्री स्वस्थानीमा गणेश भगवानले महादेव र पार्वतीलाई परिक्रमा गरेर जुनसुकै पूजाआजा गर्दा पनि पहिला गणेशको पूजा गर्नुपर्ने बरदान प्राप्त गरेका थिए । लोक व्यवहारमा पनि जब जब जीवनमा कुनै सङ्कट छाउँछ तब तब हामी आफ्ना जन्मदातालाई सम्झने गर्दछौं । वैशाख कृष्ण अमावास्याको दिन आमालाई र भाद्र कृष्ण अमावास्याको दिन बुबालाई समर्पित गर्दछौं । अझ भदौ कृष्ण औंसीलाई त विभिन्न कारणहरूले महत्वपूर्ण मानिन्छ । यसै दिनमा कुश काटिन्छ र यस दिन काटेको कुश वर्र्षभरि प्रयोग गरिन्छ । अतः यस दिनलाई कुशे आंैसी भनिन्छ । यसै दिन आफ्ना मृत पिताको सम्मान र शान्तिका लागि काठमाडांैमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिरमा गई महादेवको पूजा गररे मृत पितृलाई पिण्डदान गरिने हुँदा यो दिनलाई गोकर्णे औंसी भनी मानिन्छ । यसै दिन आफ्ना जीवित पितालाई सन्तानले विभिन्न मिष्टान्न भोजन र वस्त्र उपहार दिई सम्मान गरी आशिष पाउने हुँदा यो दिनलाई पितृ दिवस पनि भनिन्छ । यसै दिन जुन पितृ पूर्वजहरूको मृत्युतिथि मिति थाहा हुँदैन त्यस्ता पितृहरूको श्राद्ध पनि गोकर्णमा गई यसै दिन गरिन्छ । अतः यो गोकर्णे औंसीको नामबाट प्रसिद्ध रहेको छ । गोकर्ण भगवान शिवको नाम हो । यस दिन यहाँ शिवको पूजाआजा गरी पितृहरूप्रति श्राद्ध प्रकट गरिन्छ जसबाट एकातिर शिव आराधनाबाट आत्मकल्याण हुन्छ, मनमा शान्ति छाउँछ र सकारात्मक सोचको विकास हुन्छ भने अर्कोतर्फ आफ्ना पूर्वज पितृहरूलाई तर्पणबाट तृत्त गरिन्छ । यस दिन गोकर्णमा ठूलो मेला लाग्दछ । जसरी भारतमा गयालाई पिण्डदानका लागि प्रसिद्ध छ । त्यस्तै नेपालको गोकर्णेश्वर पनि त्यत्तिकै पवित्र र प्रसिद्ध छ ।
हिन्दू धर्ममा कुशको विशेष महत्व रहेको छ । विभिन्न र्धािमक कार्यहरू जस्तै दान, जप, होम पथपूजा, पितृकार्य गर्दा कुशको प्रयोग गरिन्छ । यी विभिन्न कार्य गर्दा कुशको औंसी बनाएर दाहिने हातमा लगाउने गरिन्छ । हिन्दूहरूले आफ्नो घरमा कुश राख्ने चलन शताब्दी अगाडिको हो । यो वैज्ञानिकरुपमा पनि पुष्टि भइसकेको छ कि कुशले नकारात्मक कुराहरूलाई सोसेर लिने कार्य गर्दछ किनभने ह(चबथ गर्दा हातमा कुश लिएर ग¥यो भने यसले च्बमष्तष्यल र नराम्रा विकिरणलाई सोसेर लिने कार्य गर्दछ । अब भन्नुस्, त्यस्तो हानिकारक विकिरणलाई त सोसेर लिन्छ भने यसले अरु के–के गर्न सक्दछ होला ? कुशे औंसीले पर्यावरण संरक्षणको महत्व दर्शाउँदछ । कर्मपात्र बनाउने काम होस् वा शुद्धता र पवित्रताका लागि जल छर्कने कार्यक्रम होस् जहाँ पनि कुशको प्रयोग गरिन्छ, अग्नि स्थापनाको वेदीको वरिपरि पनि कुश बिछ्याइन्छ । कुशको उत्पतिबारे स्वस्थानीका अनुसार जालन्धरलाई मार्ने उद्देश्यले विष्णुले वृन्दाको सतित्व भ· गरे । त्यसपछि शिवले जालन्धरलाई मारेछन् । पछि वृन्दाले विष्णुले छल गर्दा आफ्नो स्वामी मारिएको थाहा पाई विष्णुलाई चार सराप दिई जालन्धरसँग सति गइन् । वृन्दाले घाँस हुन परोस् भनी सराप दिएकोले विष्णु कुश भई रहन प¥यो । पतिव्रताले सराप दिएकोले विष्णुलाई सराप लाग्यो । त्यसैले कुशलाई विष्णुको प्रतीक मानी पूजा गरिन्छ । त्यसैले कुशे औंसीका दिन काटिएको कुश वर्षभरि प्रयोग गरिन्छ । कुशे औंसी मनाउने क्रममा गुरु पुरोहितहरू जजमानका घर घरमा जान्छन् । घरमा मुख्य मानिसले कुश छुन्छन् र अन्य सदस्यहरूलाई पनि छुन दिइन्छ र त्यसलाई पवित्र ठाउमा राखिन्छ । यसरी कुशे औंसी र कुशको सम्बन्ध हिन्दू धर्ममा विशेष रहेको छ ।
(लेखक ख्वप कलेजमा अध्यापनरत हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *