यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरिसुन्दर छुकां
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ ताथलीमा भ्यु टावर बन्ने भएको छ । भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको ताथलीको हलालगाउँस्थित आइतबारे सामुदायिक वन र ठूलो पाखो वन सामुदायिक वनको सिरानमा भ्यु टावर बन्ने भएको हो ।
भ्यु टावरका लागि शनिबार चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडाध्यक्ष गणेश त्यात, वडा सदस्यहरू कृष्णराम बासुकला, विद्यापति थापा, वडा सचिव राजेन्द्र गणेश र प्राविधिक टोलीले स्थलगत अध्ययनसमेत गरेको छ ।
करिब ३ हजार हेक्टरमा फैलिएको सो वनमा भ्युटावर निर्माणका लागि वडा कार्यालयले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी नगरपालिकासँग बजेट माग गरिएको वडाध्यक्ष त्यातले बताए । ‘हामीले यो ठाउँमा पर्यटनको प्रचुर सम्भावना देखेर नगरपालिकामा बजेट माग गरेका थियौं, सोअनुसार आर्थिक वर्ष २०७५ का लागि बजेट विनियोजन भएको छ ।’ उनले भने ।
उनका अनुसार नगरपालिकाले सो स्थानमा भ्यु टावर निर्माणका लागि भनी रु. १० लाख विनियोजन गरेको छ । रकम विनियोजित भएपछि ताथलीको हलाल गाउँका स्थानीयहरू उत्साहित भएका छन् ।
सो स्थानबाट काठमाडौं उपत्यकाका विभिन्न भागसहित काभ्रेको बनेपा, नाला, शेरा, अनैकोट, धुलिखेललगायतका स्थानहरूको दृश्यपान गर्न सकिन्छ । मनोरम दृश्यका लागि उपयुक्त सो स्थानमा प्राकृतिक सौन्दर्यको आनन्द लिन सकिन्छ । सल्ला, चिलाउने, उत्तिसलगायका रुख विरुवा र विभिन्न जडिबुटी र बुट्यानले भरिएको वनको सौन्दर्य मनमोहक छ ।
सोही विशेषतालाई प्रचार गर्न र सो ठाउँको विकासका लागि पनि भ्यु टावर बन्नुपर्ने धारणा वडा सदस्य विद्यापति थापाको छ ।
प्राकृतिक सौन्दर्यले मात्र नभएर सो ठाउँ ऐतिहासिक र पुरातात्विक महत्वको पनि रहेको इतिहासविद् र संस्कृतिविद्हरूको भनाइ छ । राष्ट्रनिर्माता पृृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रममा भक्तपुर आक्रमणको क्रममा निर्माण गरेका तीन गढीहरूका अवेशषहरू अझ पनि विद्यमान रहेको स्थानीयहरू बताउँछन् । स्थानीयहरूका अनुसार सो स्थानमा सानो गढी, माझा गढी र नालापानी गढी गरी तीन गढी रहेका छन् ।
‘यति महत्वपूर्ण ठाउँको प्रचारप्रसार हुनु आवश्यक छ, यसैले सो स्थानमा भ्यु टावर बन्नुपर्छ ।’ वडा सदस्य थापाले भने ।
Leave a Reply