भर्खरै :

विव्यसको लागि अभिभावक छनोट

भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिकाको शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न भाद्र २५ गते अभिभावक भेला गरी आफ्ना प्रतिनिधि छनोट गरेको छ ।
भेलामा भनपा वडा नं. ९ का वडाध्यक्ष एवं वि.व्य.स. अध्यक्ष रवीन्द्र ज्याख्वले समुदायको अगुवाइमा खुलेको वागीश्वरी स्कूल ती अग्रजहरूको भावनाअनुसारै प्रगति गरी अघि बढिरहेको चर्चा गर्दै अहिले वागीश्वरी स्कूलमा ३५ भन्दा बढी विद्यार्थीहरू अध्ययन गरिरहनु भनेको समुदायको भावना जित्नुको प्रमाण हो भन्नुभयो ।
यसको निम्ति शिक्षक विद्यार्थी र अभिभावकलाई उचित व्यवस्थापन गर्नुपनि कम्तीको चुनौतीपूर्ण छैन भन्नुहुँदै उहाँले विद्यालयलाई अझ बढी अपनत्व बनाउन नयाँ ऐन बनेको चर्चा गर्दै सोहीअनुसार १ महिलासहित २ अभिभावक छान्न भेला डाकिएको जानकारी दिनुभयो ।
भेलामा पूर्व प्राचार्य मोहनप्रसाद प्रजापति, स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्य, प्राचार्य कृष्णप्रसाद धन्छा र सहप्राचार्य ज्ञानसागर प्रजापतिले पनि व्यवस्थापन समितिका महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
भेलाले अभिभावकद्वय ओमप्रसाद धौभडेल र रेणु बासीलाई सर्वसम्मतले छनोट गरेको छ ।
सिद्धि शारदामा अभिभावक भेला
सिद्धि शारदा आधारभूत विद्यालयमा सोमबार अभिभावक भेला सम्पन्न भयो ।
भनपा वडा नं. ९ का वडासदस्य इन्द्रबहादुर प्याथले भेलाको महत्वबारे प्रकाश पार्दै गोल्मढी चोर्चास्थित विद्यालयको दुईतले भवनको उचित व्यवस्थापन गरी विद्यालयले माग गरेको ठाउँमा जग्गा दिन आवश्यक व्यवस्था मिलाउँदै गरेको जानकारी गराउनुभयो ।
प्रधानाध्यापक धनेशराज राजोपाध्यायको अध्यक्षतामा बसेको भेलाले मैयालक्ष्मी मानन्धर (पौडेल) र खगेन्द्र सिजापतिलाई अभिभावक प्रतिनिधि छनोट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *