भर्खरै :

तःमुँज्याको तयारी हुँदै

भक्तपुर, २५ भदौ । यही आउँदो कार्तिक ४ र ५ गते हुने दुईदिने ३८ औं नेपालभाषा साहित्य तःमुँज्याको तयारी भइरहेको आयोजक समितिका अध्यक्ष नरेश खत्रीले बताउनुभएको छ ।
२०७२ सालको भूकम्पपश्चात् भक्तपुर नगरभित्रका अधिकांश मानिस नगरबाहिर घर बनाउन थाल्ने क्रम बढेसँगै पुरानो नगर बाहिरको क्षेत्रमा मानिसको आवतजावत बाक्लो भएको हो । समिति अध्यक्ष खत्रीका अनुसार पहिलोपटक कमलविनायक आवास क्षेत्रमा तः मुँज्या हुन गइरहेको हो । नगरका पहिला सम्पन्न भएका अधिकांश ठाउँमा घर निर्माण कार्यको लागि सामग्रीहरू थुपारिएपछि सो स्थान छनोटमा परेको बताइन्छ । नगरभित्र तःमुँज्याजस्ता बृहत् कार्यक्रमको लागि ठाउँको अभाव पनि महसुस गरिंदै आइरहेको छ ।
तःमँुज्या हुन गइरहेको भनपा १० स्थित कमलविनायक प्लानिङमा कार्यक्रमको तयारीस्वरुप प्रारम्भिक सरसफाइ कार्य भएको छ । नगरपालिकाको सो खाली जग्गामा योभन्दा अगाडि ब्याडमिन्टन खेल्दै आइरहेको थियो । साथै कार्यक्रम स्थलसम्म जाने बाटो हिलाम्य भएकोले स्थानीय जनताले हिलो नहोस् भन्नाका लागि पानी पासको व्यवस्था सुरु गरेका छन् । यसको लागि केही रकम स्थानीय घरधनीहरू आफैले जुटाएर बाटो व्यवस्थित गर्ने गरेको स्थानीय हेरा ख्याजूले बताउनुभयो । उक्त काममा प्राविधिक सहयोग नगरपालिकाले गरेको छ ।
भक्तपुर नगरपालिकाले थाल्दै आएको सरसफाइ कार्यक्रम यही असोज १ गते कमलविनायक परिसरमा गर्ने निर्णय भइसकेकोले उक्त कार्यक्रममा सहभागी हुन वडाका वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *