नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
काठमाडौं, २५ भदौ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका एक जना सदस्यले राजीनामा दिएका छन् ।
निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले काठमाडौंमा पत्रकार सम्मेलन गरेर अब आफू समितिमा नरहेको बताए । समितिले गरेको छानबिनले निर्मलाले न्याय पाउनेमा शङ्का लागेकाले निर्मलाको न्यायका लागि आफूले राजीनामा दिएको उनले बताए । आफूले हुलाकमार्फत समितिमा नबसेको जानकारी सरकारलाई गराएको उनले जानकारी दिएका छन् । उनले निर्मलाले न्याय पाउनेमा शङ्का लागेकोले समितिबाट अलग भएको घोषणा गरेका हुन् ।
Leave a Reply