अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
पेइचिङ, १० सेप्टेम्बर । चीनका राष्ट्रपति सी चिनफिङले समाजवादी विचारधारा अङ्गाल्न पूर्ण तयार हुने सक्षम युवा पुस्ता तयार गर्न चिनियाँ विशेषता सहितको समाजवादी शिक्षाको विकासमा जोड दिएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले आजका युवासँग नैतिक, बौद्धिक, शारीरिक र विचार सबै पक्षबाट कडा मिहिनेत गर्ने भावना हुन जरुरी रहेको बताए ।
३४ औं शिक्षक दिवसको अवसरमा सोमबार आयोजित राष्ट्रिय शिक्षा सम्मेलनमा बोल्दै उनले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट सबै शिक्षक र अरु शैक्षिक मजदुरहरूलाई शुभकामना र बधाई ज्ञापन गरे । ‘‘माक्र्सवादलाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अङ्गाल्न र चिनियाँ विशेषतासहितको समाजवादी शिक्षाको बाटोमा अघि बढ्न आवश्यक छ’’, सीले विद्यालयहरूले समाजवादी दिशा अङ्गाल्नुपर्नेमा जोड दिंदै भने ।
सीले चिनियाँ कम्युनिष्ट पार्टी र समाजलाई शिक्षकलाई सम्मान गर्ने र शिक्षालाई महत्व दिने सामाजिक मूल्य प्रवद्र्धनको लागि आह्वान गरे ।
उनले शिक्षकको राजनीतिक, सामाजिक र व्यावसायिक स्तर उकास्न जरुरी भएकोमा जोड दिंदै त्यसो गरे शिक्षकले सामाजिक प्रतिष्ठा हासिल गर्न सक्ने र पार्टी तथा जनताको हितका लागि शिक्षा प्रचार र जनतालाई शिक्षित बनाउन ठूलो योगदान गर्न सक्ने बताए ।
Leave a Reply