भर्खरै :

वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी सुरु

भक्तपुर, २५ भदौ । वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्रछात्रा कबड्डी प्रतियोगिता सुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख प्रजापतिले खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि पनि खेल्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले खेल विकासको लागि सक्दो ध्यान दिंदै आएको चर्चा गर्दै गतवर्ष विद्यालयस्तरीय विभिन्न आठ खेलको प्रतियोगिता सञ्चालन गरेझैं यसवर्ष पनि १३ वटा खेलको प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले खेलकुदमा खेलाडीहरु इमानदार भएझैं देश निर्माण गर्न पनि उत्तिकै इमानदार हुन जरुरी रहेको धारणा राख्नुभयो भने भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण खत्री, अखिल नेपाल कबड्डी सङ्घ भक्तपुरका अध्यक्ष विनोद प्रजापतिले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कबड्डी प्रतियोगिता व्यवस्थापन समितिका अध्यक्ष एवं सहप्राचार्य ज्ञानसागर प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्राचार्य कृष्णप्रसाद धन्छाले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिक्षक राजन लाखाले हीरक वर्षका कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो ।
पहिलो उद्घाटन छात्रा खेलमा वागीश्वरी मावि (भक्तपुर) ले ख्वप मावि (भ.पु) लाई ३१ का विरुद्ध ३३ अङ्क प्राप्त गरी पराजित ग¥यो भने दोस्रो छात्रा खेल कन्या मन्दिर मावि (काठमाडौं) लाई ख्वप्रिङ एकेडेमीले ४० का विरुद्ध ५० अङ्क हासिल गरी पराजित ग¥यो । त्यस्तै छात्रातर्फको अर्को खेलमा भीमेश्वर मावि (काठमाडौं) लाई जनसेवा मावि (काठमाडौं) ले ३८ का विरुद्ध ६० अङ्क प्राप्त गरी जित दर्ता ग¥यो ।
त्यस्तै छात्रतर्फको खेलमा बेलोर मावि (काभ्रे) ले ख्वप्रिङ एकेडेमीलाई (६०–३५) परास्त ग¥यो भने भीमेश्वर माविले ख्वप माविलाई ४६–३९ अङ्कले पराजित ग¥यो । आजको अन्तिम खेलमा नेपाल युवक मावि (काठमाडौं) लाई सेकरेड हार्ट मावि (काठमाडौं) ले (२५–४९) हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *