भर्खरै :

प्रभुत्ववादले संरा अमेरिकालाई ल्याटिन अमेरिकाबाट विमुख गर्नेछ

 वाङ वेनवेन
भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोविरुद्ध सत्ता विप्लव गर्ने योजना बनाइरहेका भेनेजुयलाका सैनिक अधिकारीहरूलाई गएको सालदेखि यता संरा अमेरिकी सरकारी अधिकारीहरूले पटक–पटक भेटेको समाचार स्रोतहरूले जनाएका छन् । पटक–पटक भेटपश्चात् वाशिङ्टनले माडुरोविरुद्धको सैनिक विद्रोहमा समर्थन गर्ने निर्णय गरेको छ ।
गएको अगस्टदेखि नै राजनीतिक तथा आर्थिक विषमता भोगिरहेको भेनेजुयला संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आँखाको तारो बनेको छ । उनले भेनेजुयालाई इरान र प्रजग कोरियासँगै भेनेजुयलालाई आफ्नो राष्ट्रिय सुरक्षाको चुनौतीको रुपमा हेरिरहेका छन् ।
दक्षिण अमेरिकी देश भेनेजुयलाले सड्ढटपूर्ण समय भोगिरहेको अवस्थामा ट्रम्प सैनिक विकल्प लिएर अघि देखापरे । त्यसको अर्थ भनेको भेनेजुयलामा संरा अमेरिकी हमला र माडुरोलाई सत्ताच्युत गर्नु हो ।
ट्रम्पले आफ्ना उच्चपदस्थ सल्लाहकारहरूसँग यो विषयमा गम्भीर छलफल गरिसकेको बताइएको छ । उनका सल्लाहकारहरूले उनलाई सैनिक विकल्पमा नजाने सल्लाह दिइरहेका छन् । तथापि गएको सालको सेप्टेम्बरदेखि नै संयुक्त राष्ट्र सङ्घीय महासभामा उनले लगातार यो विचारको पक्ष लिंदै आएका छन् । उनले आफ्नो प्रस्ताव चार वटा ल्याटिन अमेरिकी देशसमक्ष प्रस्तुत गरेका थिए । तर उनको प्रस्तावप्रति कुनै पनि ल्याटिन अमेरिकी देशले समर्थन जनाएनन् ।
संरा अमेरिकाको अर्को कदम के हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । संरा अमेरिकाले कुनै पनि समयमा आफ्नो सधैंको प्रभुत्ववादको कार्यनीति अवलम्बन गर्न सक्छ ।
संरा अमेरिकी अधिकारी र भेनेजुयाली सैनिक अधिकारीहरूबीचको भेटघाटबारे संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेको छ । तर आफ्नो एउटा वक्तव्यमा संरा अमेरिकाले आफू ‘भेनेजुयलामा शान्तिपूर्ण र व्यवस्थित प्रजातन्त्र पुनस्र्थापनाको पक्षमा रहेको’ उल्लेख गरेको छ ।
संरा अमेरिकाको यस्तो भनाइ विश्वको लागि नयाँ होइन किनभने लिविया र सिरियाको सन्दर्भमा पनि उसले यस्तै कुरा गरेको हामीलाई थाहा छ । तर के ती दुई देशमा आजसम्म शान्ति सुव्यवस्था कायम हुनसक्यो ? अहँ हुन सकेको छैन । ‘सत्ता परिवर्तन’ को ध्येयको लागि सैनिक तरिकाको प्रयोगले लाखौं लाख मानिस मारिए, हिंसा भड्किरह्यो, युद्ध र अस्थिरता रोकिएन । त्यसैका कारण मध्यपूर्वमा संरा अमेरिका बद्नाम भइसकेको छ । सन् २०१७ मा भएको पिउ सर्वेक्षणअनुसार ल्याटिन अमेरिकामा संरा अमेरिकालाई समर्थन गर्ने जनता निकै कम छन् । त्यसै त कमैमात्र ल्याटिन अमेरिकी जनताले संरा अमेरिकालाई समर्थन गरेको अवस्था भेनेजुयलामा संरा अमेरिकी हस्तक्षेपले उसलाई अझै बद्नाम बनाउनेछ ।
ल्याटिन अमेरिकाभित्रै मेक्सिको र चिलीजस्ता त्यो क्षेत्रका देशहरू खानेकुराको अभाव र उच्च मुद्रास्फीतिलाई लिएर माडुरो सरकारप्रति आलोचनात्मक छन् । साथै जनअधिकार र प्रजातन्त्रको विषयमा पनि उनीहरूले आलोचना गर्दै आएका छन् । तर ती देशहरूले भेनेजुयलामा गैरराजनीतिक माध्यमबाट सत्ता परिवर्तन चाहेका होइनन् । उनीहरूले भेनेजुयलाको समस्या वार्तामार्फत समाधान गर्न चाहेका छन् ।
पछिल्ला वर्षहरूमा चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध सकारात्मक गतिमा अघि बढिरहेको छ । संरा अमेरिकाका केही मानिसले ह्वाइट हाउसले ल्याटिन अमेरिकाले बढी ध्यान दिनुपर्नेमा जोड दिइरहेका छन् । चीनको प्रभावबाट सो क्षेत्रलाई मुक्त राख्न त्यसो गर्नुपर्ने उनीहरूको तर्क हो । तर संरा अमेरिका र ल्याटिन अमेरिकाको सम्बन्धमा चिसोपना ल्याउने चीन प्रमुख कारण भने कदापि होइन ।
ल्याटिन अमेरिकामा चीनको संलग्नता बढ्नु विकासको लागि त्यहाँको आवश्यकता हो । वाशिङ्टन र ल्याटिन अमेरिकाबीचको सम्बन्ध चिसिनुको कारण भने संरा अमेरिकी प्रभुत्ववादी मानसिकता हो । संरा अमेरिका ल्याटिन अमेरिकालाई समान हैसियतको आँखाले भन्दा पनि करेसाबारीको रुपमा हेर्ने गर्दछ । वाशिङ्टनले एकपक्षीय जिद्दीलाई चालु राखिराखे उसले ल्याटिन अमेरिकामा आफ्नो प्रभाव विस्तार गर्न त परको कुरा बरु त्यहाँबाट उसको प्रभाव सदाको लागि अन्त्य हुनेछ ।
–ग्लोबल टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *