भर्खरै :

वागीश्वरीमा अभिमुखीकरण

भक्तपुर, २६ भदौ । वागीश्वरी माविमा टेक्स कार्यक्रमअन्तर्गत सञ्चालित डिप्लोमा इन सिभिल इन्जिनियरिङ र टीएसएलसी सिभिल सबओभरसियरका नवआगन्तुक विद्यार्थीको स्वागतमा मङ्गलबार अभिमुखीकरण कार्यक्रम भयो ।
कार्यक्रममा बोल्दै बागीश्वरी माविका पूर्वप्रधानाध्यापक मोहनप्रसाद प्रजापतिले आफूले सिकेको ज्ञान समाज र देश हितको लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षकले पढाएको कुरा नियमित रुपमा दोहो¥याउन सके पढेको कुरा दिगो हुने विचार राख्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङ्गका प्राचार्य सुनिल दुवालले इन्जिनियरजस्तै ओभरसियर र सबओभरसियरको सङ्ख्या पनि निर्माण कार्यको लागि आवश्यक भएको भन्दै प्राविधिक जनशक्ति नभए देशको विकास सम्भव नभएको बताउनुभयो ।
कार्यक्रममा बागीश्वरी माविका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापति, टेक्स कार्यक्रम प्रशिक्षक कृष्णनिर छुकां, प्रवीण तजलेलगायतले टेक्स कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।
वागीश्वरी माविमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग र १८ महिने टीएसएलसी कार्यक्रम सञ्चालनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *