भर्खरै :

निर्मला पन्तका हत्यारा पक्राउ नपर्नु सरकारको असफलता

– प्रियंका खड्का
कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन पदबाट राजीनामा दिए । घटनाको छानबिनको क्रममा सत्य, तथ्य प्राप्त गर्ने र मुख्य अपराधी पत्ता लगाउन लागि पर्दा आफूलाई हत्याको धम्कीसम्म आएको भन्दै उनले जीवन रक्षाको लागि समेत आग्रह गरे छानबिन समितिले वास्तविक अपराधी पत्ता लगाउन नसक्ने उको भनाइ थियो । हत्यारा पत्ता नलागेको भन्दै निर्मलाका माता–पिता दुर्गा पन्त र यज्ञराज पन्त मानवअधिकार कर्मीहरूको साथमा काठमाडौंसम्म आइपुगेका छन् र राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री, सभामुख, विपक्षी दलका नेता आदिसँग भेट्न समय माग गरिरहेको छ ।
अपराधीहरू सहजै पक्राउ पर्थे, यदि तत्कालीन कञ्चनपुर प्रहरी नेतृत्वले अनुसन्धानमा तदारुकता देखाएको भए अपराधी उत्तिबेलै पक्राउ पथ्र्यो । तर उल्टो अनुसन्धान प्रभावित पार्न अनेक हस्तक्षेप भएको स्पष्ट छ । तत्कालीन प्रहरी नेतृत्व डिएसपीलगायतलाई प्रहरी हिरासतमा लिई अनुसन्धान अगाडि बढाए, अपराधी पत्ता लाग्ने सम्भावना अझै छ । तर वर्तमान ओली सरकार खुट्टा कमाइरहेको छ । त्यसैले हत्यारा पत्ता नलाग्नु र पक्राउ नपर्नु वर्तमान सरकारको असफलता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *