बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
– मेरिना शाक्य
केही दिन पहिले नेपालमा मन्त्रिमण्डल हेरफेर हुने हावा चल्यो । मन्त्रिमण्डल हेरफेरको कुरा एक कान दुई कान मैदान भएपछि प्रधानमन्त्री केपी ओलीले सो हल्लामा कुनै सत्यता नभएको उद्घोषण गरे । त्यसलगत्तै गृहमन्त्री रामबहादुर थापाले पनि मन्त्रिमण्डल हेरफेरको कुनै सङ्केत नभएको दोहो¥याए । प्रम र गृहमन्त्रीको त्यो तात्तातो स्वर सेलाउन नपाउँदै माओवादी केन्द्रका पूर्व अध्यक्ष एवं सत्तासीन दलका अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण सकाएर नेपाल फिरेपछि ‘अध्यक्ष वा प्रधानमन्त्री मैले पाउने समझदारी छ’ भन्ने अभिव्यक्तिबाट मन्त्रिमण्डलको हेरफेरको हल्ला झूट होइन रहेछ भन्ने सङ्केत मिलेको छ । यसले ‘हावा नआई पात हल्लिदैन’ भन्ने उखानलाई चरितार्थ गरेको छ ।
नागरिक दैनिकमा भदौ २७ गते प्रकाशित समाचारअनुसार सत्तासीन दलका नेता दाहालले दुई वर्षभित्र प्रम वा पार्टी अध्यक्षमध्ये एक पद आफूले पाउने समझदारी नेपालमा नेपाली नेताहरूमाझ होइन भारतमा भारतीय नेताहरूमाझ पोल खोले या रहस्योद्घाटन गरे । चारदिने भारत भ्रमण सकाएर स्वदेश फर्केपछि भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको अन्तर्वार्तामा उनले उक्त रह्स्य उद्घाटन गरेका हुन् । काङ्गे्रससँग ५०÷५० प्रतिशतमा कुरा नमिलेको प्रसङ्ग उल्लेख भएको सो समाचारमा दाहालले “काङ्गे्रसले हामीलाई १५ देखि २० प्रतिशतमात्र दिन सकिने जनायो, जबकि एमालेले हामीलाई ४० प्रतिशत पुस्ताव ग¥यो” उल्लेख गरिएको छ । दाहालको यो भनाइले प्रम र गृहमन्त्रीको मन्त्रिमण्डल हेरफेर ढिलो चाँडो ५ वर्षअघि नै हुने स्पष्ट हुन्छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता हुनुभन्दा केही वर्ष पहिले काठमाडौंको एउटा खुला सभामा एमालेतर्फ सङ्केत गर्दै भनेका थिए, नेपाली प्रभुहरूसँग वार्ता गरेर देशको समस्या समाधान गर्नुभन्दा विदेशी प्रभुहरूसँग वार्ता गर्नु नै बुद्धिमानी हुनेछ । त्यसबेला व्यक्त दाहालको यो भनाइले उनलाई नेपाली नेताहरुभन्दा प्यारो र विश्वस्त भएको थाहा हुन्छ । अहिले भारतको भ्रमणपछि व्यक्त विचारले पनि नेता दाहाललाई नेपाल र नेपालीभन्दा भारत र भारतीय नेता या शासकहरू नै प्यारो भएको थप पुष्टि हुन्छ । ओलीसँग भएको सो समझदारी नेपाल र नेपाली नेता तथा जनतासामु नबताइकन दाहालले किन भारतीय शासक या नेताहरूसमक्ष पोखे ? यसले दाहाल प्रम या पार्टी अध्यक्षमध्ये एक बन्न आतुर भएको या अध्यक्ष र प्रम ५ वर्षसम्म दुइटै पद ओलीलाई नदिने उनको अभिमत देखिन्छ ।
नेकासँग सीटको प्रतिशत नमिलेपछि एमालेसँग मिल्न गएको घटनाले नेता दाहाल अवसरवादी र पदमुखी रहेको पुष्टि हुन्छ । एमालेसँग भएको एकता पनि सिद्धान्त र विचारको आधारमा होइन पद बाँडफाँटमै केन्द्रित रहेको घटनाक्रमले देखाएको छ । बद्नाम र कमजोर बन्दै गएको माओवादी केन्द्र जोगाउन एमालेसँग मिलेको या विलय भएको हो । अध्यक्ष दाहाल अस्थिर चरित्रका नेता हुन् । उनले सिद्धान्त र विचारको आधारमा राजनीति गरेका होइनन् । अस्थिर चरित्रका अवसरवादी र पदमुखी नेताले देशमा समाजवाद ल्याउलान् भन्ने विश्वास गर्ने ठाउँ छैन । कम्युनिष्टको सिद्धान्त र विचारअनुसार वर्गसङ्घर्ष गरी बहुमत जनताको हितमा आमूल परिवर्तन गर्नुपर्ने कुरामा विश्वासघात भएको छ । यो त कम्युनिष्टको खोल ओढेर कम्युनिष्टकै सिद्धान्त र विचार तोडमोड गरेर कम्युनिष्ट पार्टीलाई कमजोर पार्ने नियत हो ।
Leave a Reply