भर्खरै :

चीन–प्रजग कोरिया मित्रताले क्षेत्रीय भलाइ गर्छ 

चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा) का महासचिव एवम् चिनियाँ राष्ट्रपति सि चिनपिङको विशेष दूतका रुपमा चिकपा पोलिटव्युरो स्थायी समितिका सदस्य एवम् राष्ट्रिय जन कङ्गे्रस स्थायी समितिका अध्यक्ष लि झानसुले शनिबार प्रजग कोरियाको भ्रमण सुरु गर्नुभयो र प्रजग कोरिया स्थापनाको ७० औं वर्षगाँठको अवसरमा आयोजित गतिविधिहरूमा सरिक हुनुभयो ।
यसअघि चिकपा पोलिटव्युरो स्थायी समितिका सदस्य एवम् चिनियाँ जन राजनैतिक परामर्श समितिका अध्यक्ष वाङ याङ र चिनियाँ उपराष्ट्रपति वाङ किसान क्रमशः पेइचिङ र चिनियाँ पक्षका प्रजग कोरियाली राजदूतावासद्वारा आयोजित स्वागत कार्यक्रममा सहभागी हुनुभयो । लिको प्रजग कोरिया भ्रमणले दुई देशबीच उच्च स्तरमा प्रगाढ सम्बन्ध रहेको थप पुष्टि हुन्छ ।
चीन र प्रजग कोरियाको मित्रता प्रगाढ छ । प्रजग कोरियाले आफ्नो एकमात्र आणविक परीक्षण केन्द्र भत्काउने कदमहरू चाल्यो र अब उप्रान्त मिसाइल परीक्षणहरू नगर्ने घोषणा गरेर आणविक निःशस्त्रीकरण गर्ने आफ्नो लक्ष्यप्रति दृढतापूर्वक लागेसँगै चीन–प्रजग कोरिया सम्बन्धमा असर पु¥याइरहेको मुख्य अवरोध हट्यो र दुई देशबीचको मित्रतापूर्ण सम्बन्ध पुन ः स्थापना भयो । द्विपक्षीय स्वच्छ सम्बन्ध विकासमा यो ज्यादै महत्वपूर्ण छ ।
पेइचिङ र प्योङयाङबीचको सम्बन्ध दुवै पक्षको ऐतिहासिक परिस्थिति र आवश्यकतामा विकास भएको हो । आपसी हितकारी सहकार्यले दुवै देशको विकासमा टेवा पुगेको छ र यसले भविष्यमा पनि सहकार्य हुने उच्च सम्भाव्यता देखाएको छ । तथापि केही देशहरू जस्तैः संरा अमेरिका, दक्षिण कोरिया र जापानले चीन–प्रजग कोरिया सम्बन्धलाई हेर्ने दृष्टिकोणमा केही समस्या छ । ती देशहरू द्विपक्षीय सम्बन्धको महत्वलाई बेवास्ता गर्दै प्रजग कोरियाको आणविक पक्षका बारेमा मात्र ध्यान दिइरहेका छन् । द्विपक्षीय सम्बन्धले प्योङयाङको आणविक स्थितिलाई बेइजिङले प्रभाव पारोस् भन्ने ती देशहरूले आशा गरेका छन् । भू–राजनैतिक स्वार्थका कारण ती देशहरू द्विपक्षीय सम्बन्धको विकास सुस्त होस् भन्ने आशा पनि गरेका छन् । समग्रमा भन्नुपर्दा चीन–प्रजग कोरियासम्बन्धी पनि हेर्ने तिनीहरूको दृष्टिकोण जटिल छ ।
हालैका केही वर्षको उथलपुथलपछि प्रजग कोरियाली आणविक स्थिति विश्व समुदायले चाहेको दिशातिर अग्रसर भइरहेको छ । चीन–प्रजग कोरियाको सम्बन्ध परिपक्व भएको छ । तर संरा अमेरिका, दक्षिण कोरिया र जापान चीन–प्रजग कोरिया सम्बन्धका मामलामा अझै अस्थिर छन् । वासिङ्टन र प्योङयाङबीच आणविक निःशस्त्रीकरणबारे देखिएको अनिश्चितताबाहेक केही बाह्य तत्वले पनि चीन–प्रजग कोरिया सम्बन्ध केही पछाडि ढकेलिएको छ ।
संरा अमेरिका आफ्नो स्वार्थ पूरा हुने गरी चीनले प्रजग कोरियाको आणविक मामला समाधान गर्ने आशा गर्छ । चीनले संरा अमेरिकाका यस्तो दिवास्वप्न भगाउनुपर्छ । प्रजग कोरियालाई उक्साएको भनी चीनमाथि वासिङ्टनले केही समय आरोप लगायो । चीनले यसबारे दबाबमा आफ्नो प्रायद्विप नीति परिर्वतन गर्नुहुँदैन किनकि उक्त प्रायद्विपको स्थिरताको लागि यो राम्रो हुँदैन ।
चीनले प्रजग कोरियासँग मित्रतापूर्ण र सहकार्यपूर्ण सम्बन्ध कायम गरेको छ । अन्य देशहरूसँग पनि नियमित सम्बन्ध कायम गर्न चीनले प्रजग कोरियाको समर्थन गरेको छ । दुई कोरियाबीचको सहकार्य र संरा अमेरिकी–प्रजग कोरियाली वार्ताको चीन स्वागत गर्छ । कोरियाली प्रायद्विपमा आणविक निःशस्त्रीकरण र दिगो शान्तिका लागि चीन प्रयत्न गर्छ । उक्त प्रायद्विपमा भू–राजनैतिक खेल खेल्नु अर्थहीन छ ।
संरा अमेरिका, दक्षिण कोरिया र जापान कोरियाली प्रायद्विपमा के चाहन्छ त्यो स्पष्ट पार्नुपर्छ । उनीहरू सबथोक हासिल गर्नसक्दैनन् । विशेषगरी एक आपसमा बाँझिएका कुरा हासिल गर्नसक्दैनन् । यदि संरा अमेरिका उक्त प्रायद्विपमा आणविक निःशस्त्रीकरण र शान्ति चाहन्छ भने उसले चीन–प्रजग कोरिया सम्बन्धको महत्व थाहा पाउनुपर्छ र त्यसको समर्थन पनि गर्नुपर्छ ।
स्रोत ः ग्लोबल टाइम्स
नेपाली अनुवाद ः संगम

Leave a Reply

Your email address will not be published. Required fields are marked *