भर्खरै :

सिरियाको इडबिलमा भीषण युद्धको सम्भावना

दमास्कस, १४ सेप्टेम्बर । सिरियाली सेना र सहयोगी शक्तिले सिरियाको उत्तरपश्चिम सिरियाको इडलिब प्रान्तमा विद्रोहीविरुद्ध अन्तिम लडाइँ गर्ने तयारी गरिरहँदा त्यहाँ बाँकी रहेका उग्रवादी विद्रोहीहरूलाई आत्मसमर्पण गर्न अन्तिम मौका दिइने देखिएको छ ।
बितेका दुई महिनादेखि सिरिया सरकारले इडबिलमा रहेका विद्रोहीहरूलाई हतियार बिसाएर सरकारसँग मेलमिलाप सम्झौतामा आउन आग्रह गर्दैै आएको छ ।
केही विद्रोही समूहले सरकारको उक्त प्रस्ताव स्वीकारिसकेका छन् भने अल काइदासम्बद्ध नुस्र मोर्चा र अरु केही समान विचारका अतिवादी समूहले सरकारी प्रस्तावलाई अस्वीकार गर्दै आएका छन् ।
सिरिया सरकारका अधिकारीहरूले इडबिलमा मेलमिलाप नै आफ्नो पहिलो प्राथमिकता हुने पटक–पटक दोहो¥याउँदै आएका छन् । कदाचित मेलमिलापको नीतिले काम गरेन भने विद्रोहीको नियन्त्रणमा रहेको त्यो अन्तिम सहर कुनै पनि हालतमा फिर्ता लिन ठूलो आकारको हमला हुनसक्ने बताउँदै आएका छन् ।
लेभान्ट मुक्ति समिति (एलएलसी) को नामले पनि चिनिएको नुस्र मोर्चालाई इडबिल सहर कब्जामा लिएको र सरकारसँग मेलमिलाप गर्नुपर्ने विचारका पक्षधर दसौं मानिसको हत्या गरिसकेको अधिकारवादीहरूले बताउँदै आएका छन् ।
नुस्र मोर्चाका नेताहरूले अरु अति उग्रवादी समूहसँग मिलेर इडबिलमा सरकारी सेनाविरुद्ध लड्ने बताउँदै आएका छन् ।
सिरियाली सेनाले मध्य सिरियाको हामा प्रान्तको उत्तरी ग्रामीण क्षेत्र, इडबिलको दक्षिण ग्रामीण क्षेत्र र उत्तर पश्चिम सिरियाको लाटाकाई प्रान्तका पहाडी क्षेत्रबाट त्रिकोण बनाएर सेना परिचालन गरेको छ ।
तथापि सिरिया सरकारले भने अझै मेलमिलापलाई जोड दिइरहेको छ । कदाचित विद्रोहीले यो प्रस्ताव अस्वीकार गरेको खण्डमा सैनिक कारबाहीको अर्को विकल्प नभएको सरकारको भनाइ हो ।
पश्चिमा शक्ति र टर्कीले भने इडबिलमा कुनै पनि प्रकारको हमलाप्रति विरोध जनाउँदै आएका छन् । त्यस्तो हमला भए टर्की र युरोपेली देशहरूमा शरणार्थीको सङ्ख्या अझै बढ्न सक्नेप्रति उनीहरू चिन्तित छन् । विदेशी जेहादीहरू आफ्नो देशमा पस्नेप्रति उनीहरूले चासो लिएका हुन् ।
इडबिल सहरमा ३० लाख सिरियाली जनता छन् । सिरियाका अरु भूभागबाट पनि इडबिलमा गएका मानिस पनि त्यहाँ बस्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *