भर्खरै :

आन्तरिक विवादले साक्षर घोषणा हुन सकेन

–शरद शर्मा
आन्तरिक विवादका कारण साक्षर भएका जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन, जिल्ला शिक्षा अधिकारीको सरूवाको कारणले १० वटा जिल्ला साक्षर घोषणा हुन नसकेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वैकल्पिक तथा अनौपचारिक शिक्षा शाखाले दिएको छ ।
जिल्ला शिक्षा कार्यालय नाम परिवर्तन भएर जिल्ला प्रशासन कार्यालयअन्तर्गत जिल्ला शिक्षा समन्वय एकाइ भएको छ । काभ्रे, मोरङ, महोत्तरी, सङ्खुवासभा, डडेल्धुरा, बैतडी, मुग, काठमाडौं, कैलाली र कञ्चनपुर जिल्ला साक्षर भए पनि घोषित हुनसकेका छैनन् । सरकारले बजेट दिंदा पनि ती जिल्लाले आन्तरिक विवादका कारण घोषणा गर्न सकेका छैनन् । साक्षर हुनको लागि १५ देखि ६० वर्ष उमेर समूहका मानिस ९५ प्रतिशत साक्षर हुन्छ ।
सन् २०१५ सम्म नेपाललाई साक्षर गरिसक्ने प्रतिबद्धता जनाए पनि अझै हुनसकेको छैन । अहिले ४७ जिल्लामात्र साक्षर जिल्ला घोषणा भएका छन् । सरकारले पहिलोपटक २०६६ सालदेखि नेपाललाई साक्षर घोषणा गर्न साक्षर नेपाल घोषणा गरेको थियो । सरकारले पहिलोपटक विसं २००४ देखि साक्षर अभियान सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *