हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
वाशिङ्टन, १४ सेप्टेम्बर । संरा अमेरिका र क्युवाका प्रतिनिधिहरूबीच बिहीबार हवानास्थित संरा अमेरिकी राजदूतावासका कर्मचारीमाथि भएको भनिएको ध्वनिक हमलाको विषयमा वाशिङ्टनमा कुराकानी भएको छ ।
संरा अमेरिकी कूटनीतिक कर्मचारीले दोषारोपण गर्दै आएको सो हमलासम्बन्धी ‘केही चिकित्सकीय विषय’ मा छलफल गर्न वाशिङ्टनको विदेश विभागमा उपस्थित क्युवाली सरकारी अधिकारीहरूलाई संरा अमेरिकी मेडिकल विज्ञहरूले भेटेका थिए ।
विदेश विभागका प्रवक्ताले नियमित पत्रकार भेटघाटबारे सङ्क्षिप्त जानकारी दिए । तर उनले सो भेटघाटबारे थप कुरा खुलाउन चाहेनन् ।
‘हामीलाई सो हमलाको कारणबारे अझै थाहा भएको छैन । हामीलाई अझै पनि सो घटनाको दोषी र जिम्मेवारीबारे केही यकिन भइसकेको छैन ।’, प्रवक्ताले भने ।
सन् २०१६ को नोभेम्बरको सुरुतिर हवानास्थित संरा अमेरिकी दूतावासमा कार्यरत पच्चीस जना कूटनीतिक कर्मचारीमाथि ‘ध्वनिक हमला’ भएको वाशिङ्टनको दाबी छ । सोही कारण केही समयको लागि राजदूतावास बन्द गरिएको थियो भने पन्ध्र जना क्युवाली कर्मचारीलाई निलम्बन गरिएको थियो ।
क्युवाले सुरुबाटै त्यस्तो हमलाको आरोपप्रति विरोध जनाउ“दै आएको छ । क्युवाका एक जना वरिष्ठ सरकारी अधिकारीले वाशिङ्टनले अतिरञ्जना प्रचारबाजी गरेको बताए । क्युवालीहरूले त्यस्तो कुनै पनि प्रकारको हमला नभएको भन्दै आएका छन् ।
Leave a Reply