फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, २९ भदौ । भक्तपुर जिल्ला टेबुलटेनिस सङ्घको आयोजनामा भएको भक्तपुर जिल्लाव्यापी दसौं अन्तरविद्यालय रनिङ शिल्ड तथा खुला टेबुलटेनिस प्रतियोगिता सङ्घका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय प्रशिक्षक मोहनदास बासुकला आतिथ्यतामा शुक्रबारबाट सुरु भयो ।
सङ्घका अध्यक्ष प्रेमकृष्ण खर्बुजाको सभापतित्वमा भएको सो समारोहमा सङ्घका सल्लाहकार गौतम सुजखु, नवौं रनिङ शिल्ड विजेता स्कूल प्रभात अङ्गे्रजी माविका प्रिन्सिपल केबी प्रजापतिलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष मुना बासुकला, सचिव एवं प्रतियोगिता सञ्चालन समितिका संयोजक इन्द्रभक्त पञ्चले पनि बोल्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत छात्रा १६ वर्षमुनिमा आरति सुवाल (प्रभात मावि) र जननी श्रेष्ठ (जेन्युइन) फाइनलमा प्रवेश गर्न सफल भए ।
छात्रा १२ वर्षमुनितर्फ सलिना लामा (बाल विकास) र दिया देउला (प्रोक्सिमा इन्टरनेसनल एकेडेमी) फाइनलमा प्रवेश गर्न सफल भए ।
छात्र टिम इभेन्टस्मा प्रोक्सिमा इन्टरनेशनल र एभरेष्ट स्कूल फाइनलमा प्रवेश गर्न सफल भए ।
छात्र १२ वर्षमुनितर्फ करण कपाली (विद्या आर्जन), न्युनिश सुवाल (द राइजिङ), सफल तामाङ (प्रोक्सिमा इन्टरनेशनल) र रोमन थापामगर (प्रोक्सिमा) सेमिफाइनलमा प्रवेश गर्न सफल भए । छात्र १६ वर्ष मुनितर्फ रेखान तामाङ (प्रोक्सिमा), रीयाज जति (एभरेष्ट), रजत प्रजापति (एभरेष्ट), सफल अवाल (प्रभात), विग्यन कर्माचार्य (जेन्युइन), आकाश सुवाल (एभरेष्ट), प्रमोद मारिखु (द राइजिङ) तथा सुजल प्रधानाङ (एभरेष्ट स्कूल) क्वाटर फाइनलमा प्रवेश गर्न सफल भए ।
मेन्स डबल्सतर्फ प्रोक्सिमा इन्टरनेसनलका रेखान तामाङ र रोमनको जोडी, जेन्युइनका विज्ञम र ओसियन, एभरेष्ट स्कूलका आकाश र रजतको जोडी, हिमालयन ग्लोरीका विमित र सुजलको जोडी, एभरेष्ट स्कूलका सुजल र रियाज, हिमालयन स्कूलका पुर्निक र स्लोकको जोडी, प्रोक्सिमा इन्टरनेशनलका दिपेश र सफल तामाङको जोडी, सफल अवाल र सुमित (प्रभात मावि) को जोडी क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भए ।
प्रतियोगिताका बाँकी खेलहरु शनिबार बिहान ७ः३० बजेदेखि सुरु हुने संयोजक इन्द्रभक्त पञ्चले जानकारी दिनुभयो ।
Leave a Reply