भर्खरै :

‘श्रमिक’ बारे अन्तरक्रिया

काठमाडौं, ३० भदौ । जनताको भावनालाई छापा माध्यमबाट प्रस्फुटन गर्ने काम श्रमिक साप्ताहिकले गरेको छ ।
उक्त भनाइ श्रमिक साप्ताहिक पत्रिकाको कीर्तिपुरमा आयोजित अन्तरक्रियामा पत्रिकाका कार्यकारी सम्पादक अनुराधा थापामगरले व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘श्रमिक साप्ताहिक आस्थाको पत्रिका हो । शोषित पीडित जनताको आवाज, समाजवादी बन्दोबस्तको आवाजबाट जनतालाई सचेत पार्ने काम श्रमिकले गर्दै आइरहेको छ ।’’
मापदण्डअनुसार प्रकाशित पत्रिकाको वर्गीकरणमा प्रेस काउन्सिलको पूर्वाग्रह भएको बताउँदै सम्पादक थापामगरले पत्रिकाको निष्पक्ष मूल्याड्ढन गर्नुपर्ने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्यसमेत रहनुभएका थापा मगरले देशमा शासक पार्टीहरूले जनविरोधी कार्य गरेकाले देश दुर्गतिमा गइरहेको खानेपानी, सडक, फोहोर व्यवस्थापन लथालिङ्ग भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पत्रिका अध्ययन गरी जनतालाई सचेत पार्ने काममा लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले साहित्यकारले साहित्य नलेखेसम्म जनता सचेत नहुने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं काठमाडौं जिल्लाका अध्यक्ष नारायण महर्जनले पत्रिका पठनीय र सङ्ग्रहणीय रहेको भन्दै पत्रिकाको हरेक अड्ढमा प्रकाशित हुने लेख रचनाले देश र जनताको सेवामा लाग्ने ऊर्जा दिएको बताउनुभयो ।
नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विशोक डंगोल, जीतबहादुर महर्जन, हरिकुमार महर्जन, नरमान महर्जन, विश्वअमर महर्जन, गुणदास महर्जन, सुरेन्द्र महर्जनलगायतले अन्तरक्रियामा आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
काभ्रेमा श्रमिक अन्तरक्रिया
नेपाल क्रान्तिकारी युवा सङ्घ बनेपा नगर समितिको आयोजनामा ‘श्रमिक साप्ताहिक’ मा प्रकाशित लेख–रचनाबारे केन्द्रित रहेर शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसादले पार्टी प्रकाशनको अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै जनताको राजनैतिक चेतनास्तर वृद्धि गर्न कार्यकर्ताहरू लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ओम मानन्धर, ज्ञानेन्द्र डंगोल, महेन्द्र श्रेष्ठ, नित्यनारायण श्रेष्ठलगायतले श्रमिक साप्ताहिकमा प्रकाशित लेखहरूले देशको सार्वभौमिकता जोगाउन र युवाहरूलाई मार्गनिर्देशन गर्न तथा सरकारको गलत कामको खबरदारी गरेको बताउनुभयो ।
त्यस्तै काभ्रेको पाँचखालमा पनि श्रमिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेमकिपा पाँचखाल काभ्रेको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले पँुजीपति वर्गले मजदुरहरूलाई जिउनको लागि पुग्नेमात्र ज्याला दिने चर्चा गर्दै नेकपा पुँजीवादी पार्टीमा पतन भइसकेको बताउनुभयो ।
कार्यक्रममा सूर्यलाल तामाङ, एनके तामाङ, जीवी तामाङलगायतले पत्रिकाबारे आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *