विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
निर्मला पन्तको बलात्कार र हत्या भएको पचास दिन भइसकेको छ । तर सरकार घटनाको दोषी देखाउन असफल छ । अनुसन्धान प्रक्रियाले लिएको नागबेली बाटोका कारण यो घटना दिनानुदिन रहस्यमयी बन्दै गएको छ । प्रहरी अनुसन्धानमा देखिएको अलमलले यो घटनामा ‘शक्तिशाली’ को संलग्नता भएको हुनसक्ने सर्वसाधारणको अनुमानलाई घटनाक्रमले अझै बलियो बनाउँदै लगेको छ । तर लगातारको जनदबाबका कारण प्रहरी प्रशासनले घटनालाई अर्कै मोड दिन खोजेको भए तापनि अब त्यो सम्भावना निकै कमजोर बन्दै गएको छ । कञ्चनपुरमा निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै भएको आन्दोलनको क्रममा एक जना सर्वसाधारणले ज्यान गुमाइसकेको छ भने शनिबार देशभरका विभिन्न जिल्लामा निर्मलालाई न्याय देऊको नारासहित प्रदर्शन भएका छन् ।
अपराध लुकाउन प्रहरी प्रशासनले केसम्म गर्नसक्छ भन्ने कुराको यो घटना लामो समयको लागि उदाहरण बनिरहनेछ । प्रहरीले घटनालाई थामथुम पार्न मानसिकरुपमा बिरामी एक जना व्यक्तिलाई अपराधीको रुपमा उभ्याउन खोज्यो । तर जनताको आँखा दूरबिन सरह हुन्छ । प्रहरीले जबरजस्ती फर्जी अपराधीलाई उभ्याउन खोजे पनि जनता मान्न तयार भएनन् । जनताले लगातार विरोध गरिरहे । आज वास्तवमै जनताले भनेको कुरा सत्य सावित भयो । प्रहरीले देखाएको व्यक्ति अपराधी होइन भन्ने कुरा पुष्टि भइसकेको छ । उनलाई यातना दिएर आफूले गर्दै नगरेको अपराध कबुल गराउन खोजिएको सार्वजनिक भयो ।
निर्मलाको शव भेटिएको ठाउँमा पनि प्रहरी स्वयं लागेर प्रमाण नष्ट गर्ने खालका कमजोरी भए । घटनाका सम्भावित दोषीलाई अनुसन्धान प्रक्रियामा समेट्नुको सट्टा प्रहरी प्रशासन स्वयंले उन्मुक्ति दिने प्रयास गरिरह्यो । प्रहरीबाट भएका यस्ता शङ्कास्पद गतिविधिका कारण सर्वसाधारणमा प्रहरीप्रति रहेको विश्वास कमजोर बनाएको छ । प्रहरी आफैं भक्षक भएपछि जनताले आफ्नो सुरक्षाको लागि प्रहरीप्रति भरपर्नसक्ने अवस्था न्यून बनाएको छ । कदाचित यो घटनामा अपराधी जतिसुकै ‘शक्तिशाली’ र सरकारको नजिक भए पनि तिनलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन असफल भए प्रहरी प्रशासनलाई जनताले विश्वास गर्ने दिन समाप्त हुनेछ ।
नेपालको प्रहरी प्रशासनभित्र हुने भ्रष्टाचार पुरानो कुरा होइन । झगडिया दुवै पक्षलाई मेलमिलापको नाममा दुवै पक्षसँग रकम असुल्ने प्रहरीहरू पनि धेरै छन् । साथै घूस खाएर निर्दोषलाई सजाय र दोषीलाई उन्मुक्ति दिने प्रहरी पनि छन् । राजनीतिक पहुँच र सत्तासीन नेताका आदेशको हुकुम तामेली गर्न कानुनको धोती लगाउन प्रहरी प्रशासन सबभन्दा अग्रसर देखिन्छ । अपराधीसँग आर्थिक लेनदेन गरी अपराध र अपराधी लुकाउनेमा प्रहरीको संलग्नताका कारण प्रहरी प्रशासनप्रति जनसाधारणको अविश्वास बढेको छ ।
प्रहरीले पटक–पटक जनतासँग मैत्रीपूर्ण सम्बन्ध विकासको लागि अभियान चलाउने गरेको छ । सामुदायिक प्रहरी, प्रहरी मेरो साथीजस्ता अभियान यसका उदाहरण हुन् । तर जबसम्म प्रहरी प्रशासनभित्रका यस्ता विकृतिको अन्त्य हुँदैन, प्रहरी प्रशासनप्रति जनताको विश्वास सधैं धरापमा पर्नेछ । तसर्थ प्रहरी प्रशासनले जनताको मत जित्न आफूभित्रका विषालु विकृतिको अन्त्य गर्न अपरिहार्य छ ।
Leave a Reply