जनतालाई उत्पादन बढाउन उत्साहित गरेमा देशको अर्थतन्त्र चलायमान हुने
- श्रावण १, २०८३
भक्तपुर नगरपालिकाले ख्वप मावि र ख्वप कलेजलगायत विभिन्न कलेज सञ्चालन गरी कम शुल्कमा स्तरीय शिक्षा प्रदान गरिरहेकोमा नगरपालिकाको सराहना गर्नैपर्छ । कलेज सञ्चालन गरी भनपाले भक्तपुर नगर र जिल्लाको मात्र नभई देशकै शैक्षिक उन्नयनमा टेवा पु¥याइरहेको छ । ख्वप मावि र कलेजमा मात्र पनि विभिन्न जिल्लाका करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीहरू कलेज÷विद्यालय आउँदा र जाँदा देकोचास्थित चाँगुनारायण जाने सडकमा भीड हुन्छ । विद्यार्थीहरू आउने र जाने १५–२० मिनेट झण्डै त्यहाँको सवारी आवागमन ठप्प गर्नुपर्ने अवस्था छ । तर, प्रतिस्पर्धा र हतारको आजको स्थितिमा थोरैले मात्र पर्खने गरेका छन् । मोटरसाइकललगायत साना सवारीको हर्न सुनेर विद्यार्थीहरूले बाटो छोड्दैनन् भने सवारी चालकहरूमा पनि धैर्यताको कमी देखिन्छ । सडक बटुवा हिँड्नको लागि हो कि सवारीका लागि भनेर पटक पटक विवाद भइरहेको हामीले देखेका छौं । कैयौं अवस्थामा झगडाले ठूलो रुप लिएर स्थानीयहरूले नै मिलाएर पठाएको अवस्था छ भने कतिपय घटना प्रहरी कार्यालयसम्म पुगेका छन् ।
निश्चय पनि सडकलाई बटुवा हिँड्नमा भन्दा सवारी साधनको लागि प्राथमिकता दिइन्छ । बटुवा हिँड्नको लागि सडक पेटी वा फुटपाथ प्रयोग गरिन्छ । तर, दुःखको कुरा देकोचामा अहिलेसम्म व्यवस्थित सडक पेटी बनेको छैन । कतै घरधनीहरू आफैले बनाएको ठाउँमा पनि पसलको सामान राख्न वा अन्य प्रयोजनको लागि प्रयोग गरिएको अवस्था छ । तब कलेज आउने शिक्षक, विद्यार्थी र अभिभावक सडकबाटै हिँड्नुको विकल्प छैन । त्यसैले कलेज आउने शिक्षक, विद्यार्थी र अभिभावक तथा अरु बटुवाहरूको सडक दुर्घटनाबाट सुरक्षाका लागि फराकिलो र हिँड्डुल गर्न मिल्ने व्यवस्थित सडक पेटी निर्माण गर्न नगरपालिकाले विलम्ब गर्नुहुँदैन । विगतमा पनि स्थानीयले पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराएकै हुन् । अहिले जनप्रतिनिधि निर्वाचित भएको वर्षदिन नाघिसक्यो । यसतर्फ जनप्रतिनिधिहरूको समयमै उचित ध्यान जाने अपेक्षा छ । भोलि सडक दुर्घटना भएपछि दुःख मनाउ गर्नुभन्दा सम्भावित दुर्घटना हुने जोखिम कम गर्नु नै बुद्धिमानी होला ।
तसर्थ यथाशीघ्र सडक पेटी निर्माण होस् । ठूलो सङ्ख्यामा विद्यार्थी एउटै बाटोबाट आउजाउ गर्न कठिनाइ भएकोले वैकल्पिक बाटो खोल्ने वा खुलेका बाटो हिँड्नलायक बनाउने काम होस् । सडकसँगै ढल निकासको बन्दोबस्त नहुँदा वर्षात्मा बेखालदेखि बगेर आएको पानी ख्वप कलेज परिसरमा पसेर शिक्षक र विद्यार्थीहरूलाई मर्का परिरहेको हुनाले ठाउँठाउँमा पानीपाससहित ढल निकासको बन्दोबस्त गर्नमा समेत भक्तपुर नगरपालिकाको ध्यानाकर्षण गराउँदछौं ।
बालकृष्ण र साथीहरू
देकोचा, भक्तपुर
Leave a Reply