फिफा स्वतन्त्र खेलकुद संस्था होइन यो एक राजनीतिक उपकरण हो !
- श्रावण १, २०८३
भक्तपुर, ३० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शनिबार भक्तपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सुरु भएको ग्रासरुट फुटबल फेस्टिभल–२०१८ एक समारोहबीच महेश्वरी खेल मैदानमा उद्घाटन गर्नुभयो । प्रशिक्षकहरू इन्द्र राजलवट, धनेश्वर प्रजापति, बालगोपाल साहुखल र रघु प्रजापतिलाई बल हस्तातरण गरी फेस्टिबलको उद््घाटन गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले हाल पाँचवटा खेलको प्रशिक्षण दिइरहेकोमा आगामी दिनमा सङ्ख्या बढाउँदै लाने जानकारी दिनुभयो ।
उहाँले भक्तपुरमा खेल मैदानको अभाव भएको बताउँदै खेलकुदको चौतर्फी विकासको लागि उपयुक्त स्थानमा नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । उहाँले खेलकुदमा जित्नको लागिभन्दा अनुशासितरुपमा खेल खेल्नुपर्ने बताउनुभयो ।
एन्फा केन्द्रीय प्रतिनिधि संजीव मिश्रले ग्रासरुट फुटबल फेस्टिभल फुटबलप्रति नयाँ पुस्ता आकर्षित गर्ने लक्ष्यका साथ फुटबल महोत्सव आयोजना गरेको बताउनुभयो ।
भक्तपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रामकृष्ण प्रजापति र महासचिव तीर्थ राजचलले पनि बोल्नुभएको थियो । कार्यक्रममा फुटसल सङ्घका सहसंयोजक सुन्दर थापाको पनि उपस्थित रहेकोमा २५० भन्दा बढी विद्यार्थी सहभागितामा भएको उक्त खेलमा २१ वटा विद्यालयका विद्यार्थीहरू उपस्थित रहेको थियो ।
ग्रासरुट फुटबल फेस्टिभल–२०१८ मा सुरुमा पाँच मिनेट कार्यक्रमबारे व्याख्या गर्ने, त्यसपछि १० देखि १५ मिनेट वर्म अफ फन गेमको रुपमा डड्ज बल, हाण्ड बल, टाग गेम, चेन आटाक, ग्रेट इस्क्याप हुनेछ । त्यसपछि ५ मिनेट ब्रेक त्यसपछि टेक्निकल ट्रेनिङ, २५ देखि ३० मिनेटको पासिङ, बल कण्ट्रोल, ड्रिबलिङ र स्किल, सुटिङ, हेडिङ रहेको छ । त्यसपछि ३०, ३० जनाको समूह बनाई ६ वटा कोड १० देखि १२ वर्षसम्मको ७÷७ जनाको लागि २ वटा कोड र १० वर्ष मुनिकाको ५÷५ जनाको लागि ४ वटा कोडमा विद्यार्थीलाई २५ देखि ३० मिनेटको प्रतियोगिता खेलाई समापन गरेको थियो ।
Leave a Reply