शान्ति स्थापना गर्न ‘ग्रेटर इजरायल’ लाई रोक !
- असार ११, २०८३
नयाँ दिल्ली, ३१ भदौ । भारतीय राजनीतिमा अर्थपूर्ण मानिने जवाहरलाल नेहरू विश्वविद्यालय
(जेएनयू) मा सत्तासीन भारतीय जनता पार्टीको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) को पराजय भएको छ ।
विद्यार्थी यूनियनको निर्वाचनमा सबै पदाधिकारीसहित सम्पूर्ण प्यानल नै वामपन्थी विद्यार्थीहरूको गठबन्धन युनाइटेड लेफ्टले जितेको छ । आगामी वर्ष सन् २०१९ मार्चमा हुने भारतीय लोकसभाको निर्वाचनअघि जेएनयूको निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीसम्बद्ध विद्यार्थी सङ्गठनले भोग्नुपरेको यो लज्जाजनक हारबाट भारतका वामपन्थी तथा प्रगतिशील जनता उत्साहित भएका छन् ।
अनेकन जालझेल, सत्ताको दुरूपयोग र पैसाको खोलो बगाएर पनि सत्तासीन दलको विद्यार्थी सङ्गठनले दोस्रो स्थानमा चित्त बुझाउनुप¥यो । चुनावको नतिजाअनुसार अध्यक्ष पदमा एन साई बालाजी, उपाध्यक्षमा सारिका चौधरी, सचिवमा एजाज अहमद र सहसचिवमा अमूथा जयदीप विजयी भएका छन् । शुक्रबार भएको चुनावमा ६७.८ प्रतिशत मत खसेको थियो । चुनावमा वामपन्थी विचारका विद्यार्थी सङ्गठनहरू अखिल भारतीय विद्यार्थी एसोसियसन (आइसा), स्टुडेन्स फेडरेसन अफ इण्डिया (एसएफआई), डेमोक्रेटिक स्टुडेन्स फेडरेसन (डीएसएफ) र अखिल भारतीय विद्यार्थी फेडरेशन (एआईएसएफ) मिलेर युनाइटेड लेफ्ट गठबन्धन बनाएको थियो ।
यसअघि पञ्जाब विश्वविद्यालयमा भएको विद्यार्थी यूनियनको निर्वाचनमा पनि वामपन्थी विद्यार्थी सङ्गठनले नै विजय हासिल गरेको थियो । पञ्जाब विश्वविद्यालयको सभापति पदमा पहिलो पटक छात्रा कनुप्रिया निर्वाचित भएकी थिइन् ।
Leave a Reply