तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
दैलेख, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी दैलेख गुराँस गाउँपालिका एकाइ समितिले जनताका समस्याबारे ध्यानाकर्षण गर्दै गुराँस गाउँपालिका अध्यक्षलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।
डोजर आतङ्क बन्द गर्न, शिक्षा तथा अन्य सङ्घ संस्थाहरुमा अनियमितता बन्द गर्न, योजना निर्माण, उपभोक्ता समिति गाउँ कार्यालयमा गठन गर्ने परिपाटीको अन्त्य गर्न, गाउँपालिकामा कर्मचारी भर्ना केन्द्र बनेको र नातावाद कृपावाद विद्यमान रहेकोले सत्ताधारीहरुको भागवण्डा अविलम्ब अन्त्य गर्न, भ्रष्ट कर्मचारीहरुलाई कारबाही गर्न माग राख्दै पेश गरिएको सो ज्ञापनपत्रमा गाउँपालिकाअन्तर्गतका विकृति–विसङ्गति न्यूनीकरण साथै सार्वजनिक निर्माण कार्यहरुमा भइरहेको अनियमितता अन्त्यको माग गरिएको छ ।
योजना उपभोक्ता समिति सर्वदलीय सहमतिको आधारमा गठन गर्न, गाउँपालिका सदरमुकाम भुगोलको आधारमा तोक्न, गुणस्तरीय शिक्षा तथा अनिवार्य र निःशुल्क शिक्षा प्रणाली लागू गर्न माग गर्दै सो एकाइ समितिले गुराँस गाउँपालिका अन्तर्गतका यातायातलगायत ओगटेका भूमिकर लगत कट्टा गर्न, वडा कार्यालयहरुले लिइने चर्को सिफारिस दस्तुर अविलम्ब बन्द गर्न, कृषि तथा पशुपालन कृषकहरुलाई सम्झौता गरिएको अनुदान रकम अविलम्ब वितरण गर्न र गुणस्तरीय बीउबिजन तथा पर्याप्त रासायनिक मलको अनुदानको बन्दोबस्त गर्नुपर्ने बुँदाहरु पनि उल्लेख गरेको छ ।
गाउँपालिकाअन्तर्गतका सेवाग्राहीहरुलाई दैनिक धाउनुपर्ने समस्यालाई अविलम्ब अन्त्य गर्न, कृषि तथा पशुपालन कृषकहरुलाई सम्झौता गरिएको अनुदान रकम अविलम्ब वितरण गर्न र गुणस्तरीय बीउबिजन तथा पर्याप्त रासायनिक मल अनुदानको बन्दोबस्त गर्न, नागरिकको सूचना प्राप्त गर्ने हकलाई अविलम्ब कार्यान्वयन गर्न, निःशुल्क स्वास्थ्य सेवा र पर्याप्त औषधि उपलब्ध गराउने व्यवस्था गर्न पनि समितिले माग गरेको छ
ज्ञापनपत्रमा नेमकिपा गुराँस गाउँपालिकाका अध्यक्ष र सचिवले हस्ताक्षर गर्नुभएको छ ।
Leave a Reply