भर्खरै :

‘माक्र्सवाद जनस्तरसम्म प्रचार गरौं’

भक्तपुर, ३१ भदौ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले माक्र्सवादी विचार जनस्तरमा प्रचार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले कार्यकर्ताहरूले त्यागको भावनाले काम गर्न सिक्नुपर्ने र पार्टी गतिविधिलाई समय सापेक्षिकढङ्गले नयाँ शैलीमा अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । सुवालले राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिबारे जनतालाई सचेत र स्पष्ट पार्न पार्टी प्रकाशनको अध्ययन र अभिलेख राख्नुपर्ने बताउँदै समाज रूपान्तरणको लागि सबैले आफ्नो सांस्कृतिक स्तर उकास्न जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले पार्टी कार्यकर्ता हरेक विषयमा सक्षम हुनुपर्ने खाँचो औंल्याउनुभयो ।
नेमकिपा भक्तपुर नगर समिति अध्यक्ष नारायणबहादुर दुवालको सभापतित्वमा भएको भेलामा पार्टी नगर समिति सदस्य उपेन्द्र सुवाललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *