भर्खरै :

दक्षिण एसियामा फासीवादबारे अन्तरक्रिया

काठमाडौं, ३१ भदौ । साम्राज्यवादविरोधी मोर्चाको आयोजनामा आइतबार ‘दक्षिण एसियामा दक्षिणपन्थी र बढ्दो फासीवाद’ विषयमा अन्तरक्रिया कार्यक्रम भयो ।
भारतमा मोदी सरकारले त्यहाँका मानवअधिकारवादी र सामाजिक अभियन्ताहरूको गिरफ्तारी तथा भारतीय जनतामाथि गरिएको दमनको भत्र्सना गर्न आयोजित सो कार्यक्रममा वक्ताहरूले गिरफ्तार अधिकारकर्मीलाई तत्काल रिहाको माग गरे ।
कार्यक्रममा कवयित्री नीभा शाहले नेपालमा माओवादी सशस्त्र विद्रोह हुँदा सहयोग गर्ने अधिकारकर्मी आज पक्राउ पर्दासमेत पुष्पकमल दाहाल, बाबुराम भट्टराई, राम कार्कीजस्ता नेताहरू कृतघ्न बनेको बताइन् । आफ्नो कुर्सी जोगाउन नेपालमा आफूलाई वामपन्थी भन्ने नेताहरूले राजनीतिक नैतिकतासमेत त्यागेको ृउनले बताइन् ।
उनले भारतमा प्रगतिशील लेखकहरू गिरफ्तार गर्दा नेपालको प्रगतिशील लेखक सङ्घ भन्ने संस्थाले प्रेस वक्तव्यसमेत जारी गर्न अनकनाइरहेको प्रति खेद प्रकट गरिन् ।
विश्लेषक हरि रोकाले भारतीय जनताले इतिहासमा सबभन्दा बढी हिन्दू र गैरहिन्दूबीचको भेद यतिखेर महसुस गरिरहेको बताए । उनले मोदी सरकारले गएको चुनावमा जनतालाई दिएका कुनै पनि आश्वासन पूरा गर्न नसकेपछि सन् २०१९ मा हुने चुनावको लागि नयाँ मुद्दा अघि सार्न खोजेको बताए ।
उनले अहिले गिरफ्तार गरिएका अधिकारकर्मीमध्ये अधिकांशले नेपालमा लोकतन्त्रको लागि आन्दोलन भइरहँदा सक्रिय ऐक्यबद्धता देखाएको स्मरण गरे ।
उनले आफ्नो २६ वर्षको अखबारी लेखन यात्रामा यतिबेला जति नेपालका मिडियामा सेन्सरसीप कहिल्यै महसुस नगरेको अनुभव सुनाए ।
पत्रकार तुलसीदास महर्जनले पुँजीवादी दक्षिणपन्थीहरू चिन्न सजिलो हुने तर वामपन्थी आन्दोलनभित्रको दक्षिणपन्थी धार चिन्न गा¥हो हुने गरेको चर्चा गर्दै पुँजीवाद सङ्कटमा फस्दा फासीवादको विकास हुने विचार राखे । उनले दक्षिणपन्थले सधैं यथास्थितिको पक्षपोषण गर्दछ भने वामपन्थले सधैं यथास्थितिको विरोध गर्ने भएकोले दक्षिणपन्थी शक्तिले यथास्थितिको रक्षा गर्न वामपन्थी शक्तिमाथि दमन गर्ने गरेको बताए ।
कार्यक्रममा नरेन्द्र पिटर, भुटानी शरणार्थी एनबी गिरी र नरेश ज्ञवालीले पनि बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *