के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
– सन्तोष गौतम
म्याग्दी, ३१ भदौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘ऊर्जा नदी’ मा रुपान्तरण हुँदैछ ।
प्रस्तावित जलविद्युत् आयोजनाहरू निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ ।
मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच वटा जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ ।
चिनियाँ लगानीमा निर्माण हुन लागेको १६४ मेगावाट क्षमताको नेपाल कालीगण्डकी गर्ज जलविद्युत् आयोजना जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । हाइड्रो सोलुसन प्रवद्र्धक रहेको यस आयोजना निर्माणका लागि चिनियाँ युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रो पावर प्रालिसँग लगानी सम्झौता भएको थियो ।
मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाको पाँच किलोमिटर सुरुङ हुने जनाइएको छ । पच्चीस अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाले नारच्याङमा तीन करोड रुपैयाँ मुआब्जा दिएर दश वर्षअघि नै ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।
कालीगण्डकी गर्जको विद्युत्गृहबाट निस्किएको पानी करीब पाँच सय मिटर तल हाइड्रो सपोर्ट प्रालिले निर्माण गर्न लागेको ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधबाट सुरुङमा छिराइने छ । अन्नपूर्ण गाउँपालिका ३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत्गृह सोही गापाको २ नं वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ ।
चार हजार १०० मिटर सुरुङ रहने यस आयोजनाको विद्युत्गृहदेखि फोर वेको उचाइ ११५ मिटर हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्र पूर्वाधार निर्माणको थालनी गरिने आयोजना प्रमुख चन्द्र ढकालले बताउनुभयो । यस आयोजना निर्माणका लागि १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका २ ठूलोबगर र ६ पोखरेबगरको सिमानामा बाँध र ७ हिस्तानको तिप्ल्याङमा विद्युत् गृह रहने गरी तिप्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार पारेको छ ।
पाँचहजार ८७८ मिटर लामो सुरुङ निर्माण हुने आयोजनाबाट प्रतिवर्ष ३५२ गिगावाट १५ घण्टा विद्युत् उत्पादन हुने जनाइएको छ । निर्माण सुरु भएको ४ देखि ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका प्रतिनिधि उपेन्द्र गौतमले बताउनुभयो ।
टे«ड लिंक ग्लोबल प्रालिले रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना बेगखोलामा बाँध र रघुगंगा गाउँपालिका ३ घुमाउने तालमा विद्युत्गृह रहने ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको छ । यो आयोजना चिनियाँ कम्पनी सिने हाइड्रोले निर्माण गर्न लागेको छ ।
रु. २२ अर्ब लगानी हुने अनुमान गरिएको ‘रन अफ दि रिभर’ प्रकृतिको यो आयोजनामा छ किलोमिटर सुरुङ रहने प्रवद्र्धक कम्पनीले जनाएको छ । घुमाउने तालभन्दा केही तल रघुगंगा नदी कालीगण्डकीमा मिसिने दोभानभन्दा केही तल बाँध र जलजला गाउँपालिका ४ मिलनचोकमा विद्युत्गृह रहने गरी ५० मेगावाटभन्दा बढी क्षमताको अर्को आयोजनाको सर्वेक्षण भइरहेको छ ।
कालीगण्डकी नदीको सहायक खोलाहरूमा ५ मेगावाट क्षमताको घलेम्दी खोला, ४२ मेगावाटको मिस्त्री खोला र १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । अन्नपूर्ण गाउँपालिका ४ नं वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ ।
अन्नपूर्ण गाउँपालिका ३ नं वडा दानामा सब–स्टेशन र त्यहाँदेखि पर्वतको खुर्कोटसम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । बेनी–जोमसोम– कोरला सडक स्तरोन्नति, प्रशारण लाइन र सब–स्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।
निर्माणाधीन जलविद्युत् आयोजना सञ्चालन भएपछि पाउने सलामी दस्तुर (रोयल्टी) ले गाउँपालिकाको आन्तरिक आम्दानीमा महत्वपूर्ण योगदान गर्ने उहाँको अपेक्षा छ । संविधानअनुसार जलविद्युत् आयोजनाले तिर्ने रोयल्टीको २५ प्रतिशत स्थानीय तहले पाउने व्यवस्था छ ।
Leave a Reply