यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, २ असोज । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय ऊर्जा आयोग
(IAEA) को निरीक्षण निष्पक्ष नभएको उल्लेख गर्दै यस (IAEA) अन्तर्गतको पारमाणिक विज्ञान तथा प्रविधिसम्बन्धी अनुसन्धान विकास र तालिमका लागि सम्पन्न क्षेत्रीय सहयोग सम्झौता, २०१७ हतारमा अनुमोदन गर्न नहुने बताउनुभयो ।
प्रतिनिधिसभामा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको उक्त सम्झौताको दफावार छलफलमा भाग लिंदै सांसद सुवालले हिन्द प्रशान्त क्षेत्रका २२ देशको गठबन्धनमा नेपालसमेत फस्ने सम्भावनालाई अस्वीकार गर्न नमिल्ने बताउनुभयो ।
भारतीय सेनाध्यक्षले नेपाल भारततर्फ ढल्किनुपर्ने भनी बोलेको नेपालको विदेश मामिला भारतकै पोल्टामा राख्ने नियत देखिएको उल्लेख गर्दै उहाँले यसबारे सरकारले काठमाडौंस्थित भारतीय राजदूतसँग स्पस्टीकरण लिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको भौतिक प्रमाण नष्ट गरिए पनि तार्किक प्रमाण हेरिनुपर्ने आवश्यकता औंल्याउँदै सांसद सुवालले नैतिकता भएकाले पदबाट राजीनामा दिनु सहज हुने नभएकालाई पदबाट हटाउने पनि सिद्धान्त रहेको उल्लेख गर्नुभयो ।
सांसद सुवालले बालिका निर्मला पन्तको बलात्कार र हत्याका आरोपीहरुको सम्बन्ध को कोसँग छन्, उनीहरु कसरी संरक्षित भए आदि प्रश्नको जवाफ अझै नआएको उल्लेख गर्दै नेपालमा अराजकता सृजना गरी देशकै बद्नाम गराउन खोज्ने शत्रु देशको पनि संलग्नता हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री पोखरलले क्ष्ब्भ्ब् अन्तर्गतको उक्त सम्झौताप्रति सचेत भएर अनुमोदन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेकपाका सांसद शेरबहादुर तामाङले सम्झौतामा नेपालले लाभ लिने ठाउँ नभएको बरू पारमाणविक हतियारको भण्डारण नेपाललाई बनाइनेतर्फ सतर्क गराउनुभयो ।
नेकपाका अर्का सांसद नवराज सिलवालले सम्झौताबाट नेपाललाई घाटा नभएको र त्यस्तो अन्तर्राष्ट्रिय दबुबाट नेपाल अलग्ग रहन नसक्ने बताउनुभयो ।
नेकाका सांसद संजयकुमार गौतमले नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुले नेपाललाई लाभ नभएको बताउनुभयो ।
बैठक सुरु भएलगत्तै शून्य समयमा बोल्नुभएका सांसदहरुले बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याका अपराधी दुई महिनासम्म पत्ता नलागेकोमा प्रश्न राख्दै भारतले आसाममा राष्ट्रिय दर्ता कार्ड लागू गरेको हुँदा त्यहाँ रहेका नेपाली मूलका लाखौं भारतीय राज्यविहीन हुने स्थिति उत्पन्न भएको उल्लेख गर्नुभयो ।
नेकपाका सूर्य पाठकले नेपाल–भारतको आदेश तामेल गर्ने देश नभएको बताउनुभयो भने एक अर्का सांसदले भारतीय प्रधानसेनापतिको भनाइबारे काठमाडौंस्थित भारतीय दूतावाससँग स्पष्टीकरण लिनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद हिरा गुरुङले मधेसवादी दल फोरमको सरकारमा बसेर संविधान दिवस बहिष्कार गर्नु दोहोरो भूमिका हुने बताउनुभयो भने नेका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बालिका पन्तको बलात्कारपछि हत्या पञ्चायती सरकारको नमिता र सुनिता हत्याकाण्डजस्तै भएको उल्लेख गर्नुभयो ।
Leave a Reply