भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, २ असोज । भारती आधारभूत विद्यालयको ६७ औं वार्षिकोत्सव, अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमका मङ्गलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले ३९ औं बाल दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजयी तथा २०७४ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार वितरण गर्नुभयो ।
उहाँले विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारी तथा अनिवार्य अवकाश प्राप्त प्रधानाध्यापक पूर्णकेशरी प्रधानाङ्गलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । उहाँहरूलाई निमित्त प्रधानाध्यापक न्हुछेराम भेलेले पनि सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले आफ्ना छोराछोरीको बानी व्यवहार र सङ्गतबारे अभिभावक पनि सजग हुनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरका सामुदायिक तथा निजी विद्यालयबीचको भेद अन्त्य गर्न प्रयास गरिरहेको धारणा राख्दै सबै विद्यालयका शिक्षक–शिक्षिकालाई दक्ष र सक्षम बनाउन नगरपालिकाले नियमित तालिमको बन्दोबस्त गर्ने बताउनुभयो ।
विद्यालयका स्रोतव्यक्ति कृष्णप्रसाद कर्माचार्यले गुणस्तरीय शिक्षाको लागि शिक्षकको जस्तै अभिभावकको पनि भूमिका अहम् हुने धारणा राख्नुभयो ।
भक्तपुर नपा वडा नं ४ का वडाध्यक्ष कुमार चवालले भक्तपुर नगरलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा नमुना नगर बनाउन जनताको सल्लाहअनुसार नपाले काम गरिरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम न्हिसुतूको सभापतित्वमा भएको कार्यक्रममा निवर्तमान प्रअ पूर्णकेशरी प्रधानाङ्ग, शिक्षक महेन्द्रलाल कायष्ठ, न्हुछेराम भेले र शर्मिला लोहलालगायतले आ–आफ्नो विचार राख्नुभएको थियो ।
Leave a Reply