हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
विश्वसर्वहारा वर्गका महान नेता कार्ल मार्क्सको द्विशतवार्षिकीको अवसरमा नेपाल मजदुर किसान पार्टी रुपन्देहीले बुधबार प्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाल मजदुर किसान पार्टी केन्द्रिय सदस्य सरोजराज गोसाइले अहिलेको संविधान पनि पुॅजीवादी संविधान भएको स्पष्ट पार्नु भयो ।
संबिधानलाई प्रगतिशिल र समाजबाद उन्मुख बनाउन नेमकिपाले संघर्ष गरेको उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले संबिधानमा कामदार बर्गको हितका ब्यबस्थालाइ उपयोग गर्दै संबिधानलाइ आलोचनात्मक रुपमा हेर्नू पर्छ भन्नु भयो।
पुॅजीबादी संसदिय ब्यबस्थालाइ ध्वस्त पारेर मात्र समाजबादी ब्यबस्था स्थापना गर्न सकिने चर्चा गर्दै केन्द्रीय सदस्य गोसाइले नेपाली समाजमा बढ्दै गएको जघन्य अपराधहरु पुजीबादी ब्यबस्थाकै उपज हो भन्नुभयो ।
पार्टीका हरेक कार्यकर्ताहरु सैद्धान्तिक रुपमा प्रष्ट हुनुपर्ने तर गलत नियतका साथ सिद्धान्तको ब्याख्या गर्नेहरु क्रान्तिकारी नहुने चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले परिबर्तनको लागि डटेर लाग्नु पर्ने जोड दिनु भयो।
नेपाल मजदुर किसान पार्टिका जिल्ला अध्यक्ष हरिसुन्दर बासीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा साहित्य गोष्ठीका आमोद उलक,नेपाल क्रान्तिकारी विद्यार्थी संघका दिलिप पोख्रेल, नेपाल क्रान्तीकारी युवा संघका हिमलाल पाण्डे,नेपाल क्रान्तीकारी महिला संघका सुशीला पौडेल र बिमला आचार्य लगायतले आ आफ्नो विचार राख्नु भएको थियो ।
Leave a Reply