भर्खरै :

बाल विकासमा संविधान दिवसबारे अन्तरक्रिया

भक्तपुर, ३ असोज । तेस्रो संविधान दिवसको अवसरमा बाल विकास सेकेण्डरी स्कूल,भक्तपुरमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का सांसद सुरेन्द्रराज गोसाईले पहिलेको संविधानमा राजसंस्था संविधानभन्दा माथि भयो भनेर जनताले सङ्घर्ष गरेर संविधानसभामार्पmत गणतान्त्रिक संविधान ल्याएको तर अहिले शासक दलहरूले आपूmलाई संविधानभन्दा माथि ठानेकोले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको बताउनुभयो । नेपालको संविधानमा समाजवादउन्मुख संविधान लेखिएको तर शासक दलहरूले त्यसको विपरीत आफ्नो स्वार्थ पूरा गर्न शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्यकताका विषयलाई व्यापारीकरण गरेर संविधानको समाजवादउन्मुख राज्यको हत्या गरेको बताउनुभयो । उहाँले आफूलाई कम्युनिष्टको सरकार भन्न रुचाउने अहिलेको सरकारले चाडवाडको मुखमा आएर जनताका उपभोग्य सामान र पेटो«लियम पदार्थमा मूल्यवृद्धि गरेर पुँजीपतिहरूको सेवक बनेको बताउनुभयो ।
उहाँले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई जोगाउन नेकपाका उपल्ला तहका नेताहरू नै लागिपरेकाले अहिलेसम्म अपराधी पत्ता लाग्न नसकेको बताउनुभयो । उहाँले संविधान देशको मूलका नुन भएकोले विद्यार्थीहरूले संविधानका बारेमा जानकारी राख्नुपर्ने तथा निर्मला पन्तको घटनाबाट शिक्षा लिएर खराब सङ्गतबाट आपूmलाई टाढा राख्नुपर्ने बताउनुभयो ।
कक्षा १० का विद्यार्थी र शिक्षक÷शिक्षिकाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका शिक्षकद्वय सूर्यबहादुर पञ्च र शंकर आचार्यले पनि संविधानको बारेमा मन्तव्य राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *