भर्खरै :

तःमुँज्याको तयारीमा महिला भेला

भक्तपुर, ३ असोज । ३८ औं नेपालभाषा साहित्य तःमुज्या सफल पार्न गठित अतिथि सत्कार उपसमितिको आयोजनामा हिजो सोमबार महिला भेला सम्पन्न भयो ।
भेलालाई सम्बोधन गर्नुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सासद प्रेम सुवालले नेपाल संयुक्त राष्ट्र सङ्घमा दर्ता हुने क्रममा नेपाल भाषाको लिपीलाई बुझाएपछि मात्र स्वीकृति पाएको स्मरण गुर्नहुँदै नेपाल भाषा सबै नेपालीको साझा भएको विचार व्यक्त गर्नुभयो ।
साथै उहाँले मुलुकको ढुकुटी कमजोर भएको विषयमा बोल्दै सरकारी कर्मचारीहरू औषधि उपचारको क्रममा विदेशमा उपचार गर्ने प्रवृत्ति बढेको र देशका नेता तथा कार्यकर्ताहरूसमेत स–साना रोगको समेत उपचार विदेशमा गर्ने परिपाटी विकास भएको कारण देश आर्थिक रुपमा कमजोर भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजुदर किसान पार्टी भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले देशका कैयौं भाषाहरू लोप हुने अवस्थामा पुगेको बताउँदै भाषा र संस्कृतिको विकास र संरक्षण राज्यको दायित्व भएको बताउनुभयो ।
सो महिला भेलामा भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले नगरपालिकाले गर्दै आइरहेको गतिविधिका बारेमा जानकारी गराउनुभयो । नेक्रामसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष कृष्णप्यारी जधारी, ३८ औं नेपाल भाषा साहित्य तःमुँज्या आयोजक समितिका उपाध्यक्ष कृष्णबहादुर प्रजापति, आयोजक उप समितिका संयोजक कृष्णश्वरी सुवाललगायतले उक्त महिला भेलामा आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *