यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सन् २०१८ को पहिलो दिन कोरिया प्रायःद्विपमा शान्ति स्थापनाको लागि सुरू भएको प्रयासले बुधबार नयाँ उचाइ हासिल गरेको छ । मङ्गलबार प्रजग कोरियाको राजधानी प्योङयाङ पुगेका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इन र प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उनबीच भएको तेस्रो शीर्ष बैठकको क्रममा जारी प्योङयाङ घोषणापत्रले अन्तरकोरिया सम्बन्धलाई नयाँ उचाइ दिएको हो । गएको अप्रिलमा दुई नेताबीच सीमावर्ती गाउँ पानमुनजोममा भएको पहिलो बैठक यता कोरिया प्रायःद्विपमा इतिहासमा लेखिने धेरै घटना भइसकेका छन् । यसबीच मे महिनामा पानमुनजोममै दुई नेताबीच दोस्रो बैठक भयो । जूनमा सिङ्गापुरमा प्रजग कोरियाली सर्वोच्च नेता किम र संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको वार्ता यो शताब्दीमा भएका महत्वपूर्ण घटनामा गनिनेछ । प्रजग कोरिया र दक्षिण कोरियाबीच सैनिक क्षेत्रका तनावपूर्ण अवस्था अन्त्य गर्न दुवै कोरियाले पटक–पटक सैनिक वार्ता पनि गरिसकेको छ । दुवै कोरियाले एक अर्कातिर फर्काएर ठूलठूलो स्वरमा बजाइने माइक हटाएका छन् । आपसी असमझदारी तत्काल हटाउने लक्ष्यले सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
राज्यस्तरमा मात्र नभई दुवै देशका जनताबीच आपसी सद्भाव अझ कसिलो र हार्दिक बनाउने लक्ष्यका साथ विविध संयुक्त पहलकदमी भए । कोरियाली युद्धको क्रममा बिछोडिएका कोरियाली परिवारजनको पुनर्मिलन कार्यक्रम भयो । त्यस्तै अन्तर्राष्ट्रिय टेबुलटेनिस प्रतियोगिता र अठारौं एसियाली खेलकूदमा दुवै कोरियाका खेलाडीको एउटै टोली बनाएर सहभागी केही खेलमा पदकसमेत जित्न सफल भयो । दक्षिण कोरियामा भएको ग्रीष्मकालीन ओलम्पिकमा प्रजग कोरियाली खेलाडी र सांस्कृतिक टोली संसारकै आकर्षणको विषय बन्यो । कोरियाली प्रायःद्विपमा दिगो शान्ति स्थापना गर्ने प्रयासमा चीनको पनि निकै सद्भावपूर्ण भूमिका रह्यो ।
निःसन्देह कोरियाली प्रायःद्विपको अस्थीर र काँचो धागोसरिको शान्तिको ठाउँमा दिगो शान्ति र सम्भावनाको क्षितिज पछिल्ला नौ महिनामा उघारिएको छ । तर त्यसको अर्थ कोरियाली प्रायःद्विपका तमाम समस्या समाधान भइसकेको मान्नु भने अतिरञ्जना हुनेछ । विशेषतः ट्रम्प नेतृत्वको संरा अमेरिकी विदेशनीति कुनै पनि बेला बदलिन सक्ने ह्वीमको रूपमा हेरिने गरेको छ । त्यसकारण ट्रम्प प्रशासनको बोली ठेगान नभएको आजको अवस्थामा दसकौंदेखि शत्रुतापूर्ण सम्बन्ध बनाउँदै आएको प्रजग कोरियामा तत्कालै ठूलो परिवर्तनप्रति बढी आशावादी हुन मिल्दैन । संरा अमेरिकाले कुनै पनि बेला प्रजग कोरियासँग भएका सम्झौता निर्लज्ज भएर तोड्न सक्छन । दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेना फिर्ता लान ट्रम्प प्रशासन अझै तयार नहुनु नै त्यसको लागि एउटा बलियो आधार हो ।
दक्षिण कोरियाको वर्तमान राजनीतिक नेतृत्व प्रजग कोरियासँग शान्तिपूर्ण सम्बन्ध राख्न सकारात्मक देखिएको छ । तर राजनीतिक नेतृत्व नै सबै कुराको निर्णायक हुने गरेको छैन । प्रजग कोरियासँग राम्रो सम्बन्ध राख्नुपर्ने विचारको राजनीतिक नेतृत्व विगतमा पनि दक्षिण कोरियामा नआएको होइन । तर त्यस्तो राजनीतिक नेतृत्वलाई विफल बनाइएका नजिर छन् ।
दक्षिण कोरियाली अर्थतन्त्र मूलतः संरा अमेरिकी र युरोपेली पुँजीको जगमा अघि बढेको अर्थतन्त्र हो । संरा अमेरिकी र युरोपेली पुँजीमा कुनै पनि प्रकारको आँच आउने अवस्थामा प्रजग कोरियासँगको सम्बन्ध सिसा झैं टुक्राटुक्रा हुनेमा कुनै पनि सन्देह छैन । जापानले कोरियाली प्रायःद्विपमा भइरहेको राजनीतिक प्रक्रियाप्रति आपत्ति जनाउँदै आउनु भविष्यमा त्यस्तो अवस्था आउन सक्ने आधार हो ।
े कोरियाली प्रायःद्विपमा आज भइरहेको शान्ति प्रक्रियाका अनेकन छिद्र र अनिश्चयका पक्ष छन् । तथापि विश्व शान्तिको अत्यन्त महत्वपूर्ण हिस्साको रूपमा रहेका दुई कोरियाबीचको सम्बन्ध अझ सुमधुर र सौहार्द बन्दै जानेप्रति आशा व्यक्त गरौं ।
Leave a Reply