भर्खरै :

‘एक क्षेत्र एक मार्ग’ एसियालीको पक्षमा

हौसला
चीनको रेशम मार्ग आर्थिक क्षेत्र र २१ औं शताब्दीको सामुद्रिक मार्गले एसिया, युरोप, अफ्रिकाका कम्तीमा ६५ वटा देशहरू, विश्व जनसङ्ख्याको ६३ प्रतिशत र विश्व कूलगार्हस्थ उत्पादन (GDP) को ३० प्रतिशत भाग ओगट्छ । विकासोन्मुख देशहरूमा बढ्दै गइरहेको मध्यम वर्गीय परिवारसम्म विभिन्न वस्तु तथा सेवा सहज ढ·मा पु¥याउने चीनको उद्देश्य भएको बताइन्छ ।
अर्को शब्दमा भन्ने हो भने एक क्षेत्र एक मार्ग अगुवाइले थुप्रै देशहरूबीच बलियो सम्बन्ध स्थापित गर्दै लग्नुका साथै ती देशहरूको पूर्वाधार विकासमा मद्दत मिल्ने विश्वास गरिएको छ ।
चीन एक क्षेत्र तथा मार्ग अगुवाइ (BRI) का लागि ठूलो अर्थात यथेष्ट कोष खडा गरेरै अघि बढिरहेको छ । नयाँ रेशम मार्ग कोषमार्फत ४० अर्ब अमेरिकी डलर चिनियाँ विकास बैंकमार्फत ९ खर्ब अमेरिकी डलर र एसियाली लगानी बैंक (Asian Investment Bank) मार्फत एक खर्ब अमेरिकी डलर यही बृहत्तर योजनाको लागि खर्च गरिने बताइएको छ । चीन एक्लैले यस अगुवाइका लागि करिब १० खर्ब अमेरिकी डलर लगानी गर्ने अनुमान ‘द इकोनोमिष्ट’ ले गरेको छ ।
सिंगापुरको राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक असित दृढ विश्वास यसरी व्यक्त गर्छन् – ‘एसियामा भएको लगानीको ठूलो खाडल चीनले पुर्न सक्छ ।’ एसिया र अफ्रिका यी विकासोन्मुख देशहरूका विकासका योजनाहरू कार्यान्वयनमा लानको निम्ति ठूलो आकारको कोष खडा हुन जरुरी छ । तीव्र गतिमा बढेको जनसङ्ख्या, मध्यम वर्गको स्थिर वृद्धि र जनताको असीमित आकांक्षाका कारण नयाँ र ठूल्ठूला पूर्वाधारहरूको निर्माणका बृहत्तर योजनाहरूको मात्र नभएर भएका संरचनाहरूको उत्खनन् र सम्बद्र्धनको आवश्यकता बोध गरिइँदैछ ।
सन् २०३० सम्ममा पूर्वाधारहरू यातायात, ऊर्जा उत्पादन, दूरसञ्चार, खानेपानी आपूर्ति र ढलनिकासका संरचना निर्माणका लागि एसियालाई १.७ खर्ब अमेरिकी डलर आवश्यक हुने पूर्वानुमान गत वर्ष एसियाली विकास बैंकले गरेको थियो ।
एसियाका विकासोन्मुख देशहरूले हाल प्रतिवर्ष करिब ८८१ अरब अमेरिकी डलर संरचना निर्माणमा लगानी गर्दैछन् । लगानीको आवश्यकता र हालको लगानीबीचको खाडल सन् २०१३ देखि सन् २०२० सम्ममा कूलगार्हस्थ उत्पादनको २.४ प्रतिशत हुने अनुमान गरिएको छ । यदि चीनलाई यसबाट हटाइयो भने, हालको लागानी र आवश्यक लागानीबीचको भिन्नता बढेर दोब्बर अर्थात् ५ प्रतिशतभन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।
चीनले पहिलेनै क्षेत्र र मार्गमा पर्ने एसियाली देशहरूबीचको सम्बन्ध सुधार र पूर्वाधार विकासको लागि उल्लेखनीय सहयोग गरिसकेको छ । उदाहरणका लागि अफ्रिकामा चीनले अडिस अबाबा जिबौटी (Addis Ababa Djibouti) सँग जोड्छ र रातो समुद्र र गल्फ अफ एडेनको सामुद्रिक मार्गसँग पनि जोड्छ ।
अफ्रिकामा चिनियाँ विकासको भूमिका एकदम स्पष्ट छ भन्छन् सिंगापुरको राष्ट्रिय विश्वविद्यालय (National University of Singapore) का वरिष्ठ अनुसन्धानकर्ता सिसिलिया तोर्ताजादा (Cecilia Tortajada) । त्यसैगरी नैरोवी (Nairobi) सँग मोम्बोसाको केन्याली बन्दरगाह जोडिनु मराडाका एक्सप्रेस उद्घाटन गत वर्षको मे ३० मा भयो । ४८९ कि.मि. लामो सो रेलमार्ग उत्तरपश्चिमको नतसासम्म विस्तारित हुँदैछ ।
यस मार्गलाई युगाण्डा, तान्जानिया, रुवाण्डा र बुरुण्डी र सम्भवतः दक्षिण सुडान र इथियोपियासम्म विस्तार गर्ने योजना बनेको छ । यस मराडाका एक्सप्रेसले केन्याका दुई ठूला र महत्वपूर्ण सहरहरूबीचको यात्रा समयलाई १२ घण्टाबाट ९ घण्टामा घटाइदिएको छ । ९ घण्टा बराबरको बस भाडाभन्दा टे«नको भाडा एकदम न्यून हुने देखिन्छ । यसअघि ९६० अमेरिकी डलरप्रति मालबाहक कन्टेनर पर्ने भाडा घटेर त्यसको आधामात्र पर्ने विश्लेषण छ । रेलमार्गका कारण स्टेशन वरिपरी घरजग्गाको कारोबार र व्यावसायिक एवं औद्योगिक पार्कहरू उद्योगहरू, बन्दोवस्तीका सामान र पर्यटन आदि उद्योग फस्टाउनेछन् र त्यहाँका जनताले रोजगारी प्राप्त गरी जनजीवन उकास्न ठूलो योगदान पु¥याउनेछ ।
यहाँ अडिस अबाबा जिबौटी रेलमार्गको कुशलतापूर्वक सञ्चालन गर्नका लागि ती तीन राष्ट्रहरूले ६ जोड २ मोडल अपनाएका छन् । यसको अर्थ चीनले यस मार्गका लागि ६ वर्ष काम गर्नेछ र दुई वर्ष प्राविधिक सहयोग गर्नेछ । त्यसैगरी मोम्वासानैइरोबी रेलमार्गले ५ जोड ५ मोडेल अवलम्बन गरेको छ ।
साथै यी दुवै रेलमार्ग सञ्चालनमा जिम्मेवारी बहन गर्ने स्थानीय कर्मचारी र कामदारहरूलाई चीनले तालिम दिँदैछ । प्रविधि हस्तान्तरण पनि सम्झौताकै अंश हो ।
प्राध्यापक विश्वास र खोजकर्ता तोर्तजादा प्रस्ट भन्छन्– ‘बिआरआइले अन्तत्वगत्वा सहजरुपमा प्रगति हासिल गर्नेछ ।’
अहिलेपनि धेरै राष्ट्रहरू एवम् पर्यवेक्षकहरूले एक क्षेत्र एक मार्ग अगुवाइलाई विश्वमा चीनको उपस्थिति परिष्कृत र प्रस्ट गर्न लक्षित भू–राजनीतिक रणनीतिका रुपमा लिन्छन् । त्यसकारणले पनि यस अगुवाइले थुप्रै आलोचना र प्रतिकारहरूको सामना गर्नुप¥यो । तर जब विश्वले, विशेषगरी एक क्षेत्र एक मार्गमा पर्ने देशहरूले चीनसँग कुनै अस्वस्थ, निहित स्वार्थ र गुप्त एजेण्डा नभएको तथ्य बुझ्नेछन्, तब यस अगुवाइ थप सहजताका साथ प्रगतितर्फ उन्मुख हुनेछ । आÇनोमात्र होइन यी दुई मार्गमा पर्ने देशहरूको आपसी हित र सामूहिक स्वार्थको निम्ति चीनले अगुवाइ गरेको ठहर विश्वले गर्नेछ ।
ती देशहरूले संरचना निर्माण र विकासका निम्ति चीनसँग लिएको ठूलो परिमाणको ऋण तिर्न सामथ्र्यवान रहनुपर्छ । उदाहरणका लागि इथोपिया र जिबोटीले करिब ४ अर्ब अमेरिकी डलरको लागि क्रेडिट निश्चित बिमा गरेको जानकारी छ । नयाँ रेलमार्गले प्रतिवर्ष कूलगार्हस्थ उत्पादनमा १.५ प्रतिशतका दरले योगदान गर्नेमा केन्या विश्वस्त छ । यात्रुहरूको भाडा र मालवाहक क्षमताको भाडास्वरुप आर्जित आयबाट ४ वर्ष भित्रमा सो ऋण तिर्न सक्ने हुनुपर्छ ।
वास्तवमा रेलमार्गमा लगानीको प्रभावकारितामा केन्या यति दृढनिश्चयी छ कि उसले २०१५ को डिसेम्बरमा मात्र रेल्वे नेड्भासासम्म विस्तार गर्न १.१५ अर्बको थप ऋण लिएको छ ।
यदि केन्याका योजनाहरू अनुसारको कार्यान्वयन र परिस्थिति अघि बढेमा यसले पक्कैपनि दुवै देशहरू चीन र केन्याको निम्ति ‘जित–जित’ को परिस्थिति तयार हुनेछ । यसको सम्भावना पनि उच्च रहेको विज्ञहरू बताउँछन् । यसको सफलताबाट क्षेत्र तथा मार्ग अगुवाइको विश्वव्यापी स्वीकार्यता र स्वागतका लागि थप बल प्रदान गर्ने निश्चित छ ।
–China Daily, 7th Augustd, 2018
चाइना डेली, अगष्ट ७, २०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *