तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाडौं, ४ असोज । नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको मुखपत्र मजदुर–किसानको नयाँ अङ्क पूर्णाङ्क– २१ सार्वजनिक भएको छ । २०७२ सालको भूकम्पपश्चात विविध कारण प्रकाशन बन्द हुँदै आएको मजदुर–किसानको नयाँ अङ्कमा विश्व सर्वहारा वर्गमा महान गुरु कार्ल माक्र्सको द्विशतवार्षिकीको अवसरमा पठनीय विविध सामग्री तथा समसामयिक राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयवस्तुका विचारप्रधान लेख समावेश छन् ।
मजदुर–किसानको नयाँ अङ्कमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) का तीन सान्दर्भिक अन्तर्वार्ता, पार्टी केन्द्रीय सचिव प्रेम सुवालको समसामयिक राजनीतिक अवस्थाबारे लेख, यशराजको विश्लेषण, बिम्स्टेक सम्मेलनबारे क्रिस्चिनाको विचार, हौसलाको आर्थिक लेख, कार्ल माक्र्सको समाधिमा एंगेल्सको भाषण, ग्राम्स्कीः एक वोल्शेविक, जामिलाको विचारमूलक पुस्तक समीक्षा समावेश छन् ।
Leave a Reply