भर्खरै :

नेपालका सांसद भारतीय क्याम्पसका प्रबन्धक

नवलपरासी, ४ असोज । नेपालका प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक) मा निर्वाचित हुनुभएको छ ।
कँडेल पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । कँडेल पश्चिम नवलपरासीको सीमापारि भारतको महाराजगञ्ज जिल्लाअन्तर्गत ठुठीबारीमा रहेको राधाकुमारी इन्टर कलेजको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
यसअघि इन्टर कलेजका व्यवस्थापन समिति अध्यक्षमा सांसद कँडेलकै हजुरआमा स्व. राधाकुमारी कँडेल र बुबा स्व पृथ्वीराज कँडेल रहनुभएको थियो । पछिल्लो पटक करीब १० वर्ष रिक्त रहेको अध्यक्षमा सांसद कँडेल निर्वाचित हुनुभएको हो । ठुठीबारीग्राम पञ्चायतका प्रधान राजेश सिंहलाई निर्वाचनमा पछि पार्दै कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको छ ।
महाराजगञ्ज जिल्लाको मुख्य बजार महाराजगञ्जमा बुधबार भएको निर्वाचनबाट कँडेल सो कलेजको व्यवस्थापन समितिको अध्यक्ष हुनुभएको हो ।
जम्मा १० मत रहेको यस कलेजको व्यवस्थापन समितिमा कँडेलले छ मत प्राप्त गर्नुभएको थियो भने अर्को प्रतिस्पर्धी उम्मेदवार सिंहले चार मत प्राप्त गर्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *