यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
छोरीहरू बलात्कृत भइरहेका छन्
बहिनीहरू बलात्कृत भइरहेका छन्
आमाहरूको अस्मिता लुटिइँदै छ
मैले,
फाँसीको सजाय माग गरें
तिनीहरूले भने –
बलात्कारी हाम्रै छोराहरू हुन्
बलात्कारी हाम्रै भाइहरू हुन्
आखिर किन लिने कसैको प्राण ?
आज,
मेरो माटो बलात्कृत भइरहेको छ
मेरो हिमाल बलात्कृत भइरहेको छ
पहाड–तराई बलात्कृत भइरहेको छ ।
हो,
मेरो देश बलात्कृत भइरहेको छ
मैले,
फाँसीको सजाय माग गरें
तिनीहरूले भने –
भोलि सत्ता कसले चलाउँछ ?
१ असोज, ०७५, हेटौंडा
Leave a Reply