भर्खरै :

अपडेट ः इरान आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २४, ५३ घाइते

तेहरान, इरान, ६ असोज  ः इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ ।
सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।
घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुने बताइएको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *