भर्खरै :

नेपाल टेलिभिजनमा संस्कृतमा समाचार

काठमाडौं, ६ असोज । नेपाल टेलिभिजनले शनिबारदेखि संस्कृत भाषामा पनि समाचार प्रसारण सुरू गरेको छ । हरेक शनिबार बिहान ९ बजे प्रसारण हुने सो समाचारले संस्कृत भाषाको प्रवद्र्धन र संरक्षणका साथै बहुभाषिक पहिचानयुक्त नेपालको भावनालाई राष्ट्रको प्रसारण संस्थाका तर्फबाट सम्बोधनको पहल हुने नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिनुभयो ।
टेलिभिजनले थारू, लिम्बू, भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा नियमित कार्यक्रम तथा नेपाली, अङ्ग्रेजी र साड्ढेतिक भाषामा समाचार प्रसारण गर्दै आएको छ । डा. विष्टले उक्त संस्कृत समाचारको प्रतिक्रिया हेरेर संस्कृतका महत्वपूर्ण ग्रन्थहरूमाथि संवादको कार्यक्रम पनि सञ्चालन गर्ने बताउनुभयो ।
नेपाली भाषाको जननी संस्कृति भाषा प्राचीनकालीन नेपालमा प्रयोगमा रहे पनि हाल स्वदेशमा कम प्रयोग र विदेशमा क्रमशः संस्कृतको अध्ययन हुन थालेको सन्दर्भमा संविधान दिवसको सेरोफेरोमा संस्कृत भाषामा समाचार सुरू गरिएको बताउनुभयो । विसं २०५२ मा पहिलोपटक रेडियो नेपालले संस्कृत भाषामा समाचार प्रसारण सुरू गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *