भर्खरै :

अवकास प्राप्त शिक्षक प्रजापतिलाई बिदाइ

भक्तपुर, ७ असोज । अनिवार्य अवकास प्राप्त शिक्षक राम प्रजापतिलाई समाज सुधार माविमा आइतबार एक समारोहबीच बिदाइ गरियो ।
उक्त बिदाइ तथा पुरस्कार वितरण कार्यक्रममा भनपा वडा नं ८ का वडा अध्यक्ष महेन्द्र खायमलीले उहाँ शिक्षकमात्र होइन सामाजिक र राजनीतिक कार्यकर्ता पनि हुनुहुन्छ भन्नुभयो ।
शिक्षा प्रचारमा लाग्ने शिक्षक प्रजापतिको आगामी दिन देश र जनताको सेवामा लाग्ने विश्वास व्यक्त गर्दै वडाध्यक्ष खायमलीले नेताहरू इमानदार नभएको हुँदा देशको विकास पछि परेको हो भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णसागर बासीकोे सभापतित्वमा भएको सो कार्यक्रममा प्रधानाध्यापक लक्ष्मीनारायण दुवाल, अवकास प्राप्त शिक्षक राम प्रजापति, विद्यालयका पूर्वशिक्षक विष्णुगोपाल कुसीले शिक्षक प्रजापतिले पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा सहायक प्रअ जगनाथ प्रजापतिले स्वागत र शिक्षिका नारायणदेवी कुटुवाले शिक्षक प्रजापतिको सङ्क्षिप्त जीवनीबारे प्रकाश पार्नुभयो ।
अवकास प्राप्त शिक्षक प्रजापतिलाई अतिथि, शिक्षक–शिक्षिका र पूर्वविद्यार्थीहरूले दोसला ओढाइ मायाको चिनो प्रदान गर्नुभएको थियो ।
२०१५ असोज ९ गते जन्मेका प्रजापतिले ६ वर्षको उमेरमा शिक्षारम्भ गरी २०३२ देखि विद्यालयमा अध्यापन गराउनुभएको थियो । उहाँ २०४८ मा स्थायी शिक्षक हुनुभएको थियो ।
उहाँले ब्रम्हाचारिणी, महेन्द्र, वागीश्वरी, भीम आदर्श र शारदा माविमा पढ्नुभएको थियो । अतिरिक्त क्रियाकलापमा विजयी छात्र छात्राहरुलाई पुरस्कार वितरण गरिएको सो कार्यक्रममा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *