नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ७ असोज । भक्तपुर नगरपालिका कृषि समितिको आयोजनामा आइतबार कृषिमा आधुनिकीकरण र समसामयिक विषयमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका किसानहरूको आर्थिक स्थितिमा सुधार आएको बताउँदै भक्तपुर नगरपालिकाले अझ किसानहरूको आर्थिक स्थितिमा सुधारको लागि कृषि समितिमार्फत विभिन्न प्रशिक्षण कार्यक्रमहरू गर्दै आएको चर्चा गर्नुभयो । नगरपालिकाले कृषि क्षेत्रमा मात्र होइन अन्य क्षेत्रमा पनि स्थानीय तहको चुनावमा प्रतिबद्धता व्यक्त गरेअनुसारको काम भइरहेको बताउनुभयो । उहाँले भनपा वडा नं. ६ मा आधुनिक अरनिको सभाभवन निर्माणको कार्य चाँडै सुरु हुने बताउनुभयो ।
उहाँले कुनै पनि पार्टीका नेता राम्रो भए कार्यकर्ता राम्रो हुने र कार्यकर्ता राम्रो भए जनताले सुख पाउने बताउँदै उहाँले नेपालका ठूला दलका नेताहरू भ्रष्ट भएकाले कार्यकर्ता पनि भ्रष्टाचारी भएको र नेपाली जनताले धेरै दुःख पाएको बताउनुभयो ।
किसान अगुवा तथा भक्तपुर नगरपालिका वडा नं ६ का वडा सदस्य गोविन्द दुवालले विगतमा किसान सङ्घले गरेका विभिन्न आन्दोलनहरूको चर्चा गर्दै विगतको मोहीयानी हक आन्दोलन, साँढे धपाउने आन्दोलन, भर्पाई आन्दोलनले किसानहरूको आर्थिक स्थिति मजबुत भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घले किसानहरूलाई राजनैतिकरूपमा सचेत पार्ने काम गर्दै आएको औल्याउँदै उहाँले केही विरोधी व्यक्तिहरूले किसान सङ्घको विगतको इतिहासलाई बङ्ग्याउने काम गरिरहेको बताउनुभयो ।
कृषि प्राविधिक सविन ख्याजूले आधुनिक कृषि प्रणालीबारे चर्चा गर्दै कृषि प्रविधिमा सुधार गर्नुपर्ने र खेती गर्ने पद्धतिमा पनि सुधार आवश्यक भएको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष तथा कृषि समितिका संयोजक राजकृष्ण गोराको सभापतित्वमा भएको कार्यक्रममा समितिका सदस्यहरू सुनिता अवाल (प्रजापति) र हरिराम सुवालले पनि आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply