भर्खरै :

महिला हिंसाको कारण पुँजीवादी उत्पादन सम्बन्ध

काठमाडौं, ७ असोज । अधिकारकर्मी र लेखकहरूले महिलामाथिको हिंसा विद्यमान राज्यको चरित्रसँग गाँसिएको बताएका छन् ।
आइतबार नेपाल वैकल्पिक अध्ययन समाजको समकालीन विमर्श शृङ्खलाअन्तर्गत आयोजित महिला हिंसा र राज्यको चरित्र विषयमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्न वक्ताहरूले अहिलेको राज्यसत्ता स्वयंले पुरुषसत्ताको हिंस्रक मानसिकता जोगाउनतिर लागिपरेकोमा खेद प्रकट गरे ।
अन्तरक्रियामा कार्यपत्र प्रस्तुति गर्दै लेखक युग पाठकले महिला हिंसा आफैं अहिलेको अराजक राज्यको प्रतिच्छाया भएको बताउनुभयो ।
उहाँले राज्यसत्ता, धर्मसत्ता, जातसत्ता, संस्कृति सत्ताका कारण आज पनि महिलालाई दोस्रो दर्जामा राखेको धारणा राख्नुभयो ।
अधिकारकर्मी धन सुनारले पुँजीवादी व्यवस्थाले महिला स्वयंलाई व्यापारिक वस्तुमा रुपान्तरण गरेकाले महिलामाथिको हिंसा र महिलालाई तल्लो दर्जामा राख्ने चिन्तन व्यापक बनेको बताउनुभयो ।
उहाँले संरा अमेरिका, बेलायत, बेल्जियमलगायतका पुँजीवादी देशमा महिला हिंसाको अवस्थाबारे चर्चा गर्दै पुँजीवादी देशको उत्पादन सम्बन्धले नै महिलामाथि शोषण कायम राखेको बताउनुभयो ।
डा.अरुणा उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा सांसदहरू पुष्पा भुसाल र डा.दीपकप्रकाश भट्टलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *