यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
कुश्मा, ७ असोज । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैंअघि उत्पादन सुरु गर्ने बताएको छ ।
२० मेगावाट क्षमताको सो आयोजनाले गत वर्षकै असारमा उत्पादन गर्ने भनिए पनि दशैंअघि मात्र उत्पादन दिने जनाएको हो ।
स्थानीयवासीको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले निर्माणमा ढिलाइ भएको र तोकिएको मितिमा निर्माण हुननसकेको भनाइ आयोजनाको छ । आयोजनाले ६० महिनामा उत्पादन सुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको थियो ।
आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छरु। कुश्मा नगरपालिका र मोदी गाउँपालिका यो आयोजनाका प्रभावित क्षेत्र हुन् । मोदी गाउँपालिकाको तिलाहारबाट चार हजार २०० मिटर लामो सुरुङ बनाएर आयोजनाको पावरहाउस कुश्मा नगरपालिका–८ परादीमा राखिएको छ ।
रु. तीन अर्ब ६० करोडको लागत स्टिमेटमा निर्माण सुरु भएको आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत बढ्दै गएको छ । आयोजनाको अहिले ९५ प्रतिशत काम सकिएको छ । रासस
Leave a Reply