५७बसन्त काटेकाअम्मरे काका
सिम्ल फुले झै
सेतामे कपाल
खुम्चिएका भृकुटी
सुकाएको गान्टेमुला
जस्तै चाउरिएको अनुहार
कालापत्थरका हिमाल जस्ता
अनुहारका हड्डी
बसन्त हाराएको
मुस्ताङका पाखा जस्ता
सुख्खा ,फुस्रा अोठ
रंग हराएका दउरा सुरुवात लगाएर
भदौको अाकास अटाएका
अाखाभरि टिलपिल अाँसु।
टाउकोमा महिलो मजेत्रो
कुहिना च्यात्तिएको चोलि
रितिएको घरको टेको
मन च्यात्तिएको तन संगै
बर्षिरहेको थियो उतापट्टि भदौ
काकिको अाँखाबाट मुसलधारे ….।
लगाएपछि विदाईका
दैचामल….
बनाएर सपनाको गजुल्टो
पोलिस्टरको रित्तो झोला
वोकेर अागन छोड्दा ।
काकिले भनिन् चैते भारुवामा पुग्नु ।
छोराछोरी भन्थे ,जुता चप्पल
पईन्ट अरु अरु….।
यति ठुलो अासा र सपनाको
भारि बोकेका अमरे काका
त्यसतै हर्के ,बिर्खेले ताल फर्काउदै
विदाई गरे ,घर परिवारलाई ।
बाटो भरि हिडिरहेका
साईबेरियन चारझै
कालापाडको सामल बोकेर
रगत र पसिनाको भरमा
जिन्दगीको जोहो गर्ने ।
हिडेका पर्देशिहरु..
बुढेसकालका जवान
काकाले हसिलो हुदै भने ,
अब त तीन बर्ष मात्रै बाकी छन।
बिर्द भत्ता अाउन।
बाबू ,अाउन त धेरै अायो
पन्चायत ,बहुदल ,गणतन्त्र
लोकतन्त्र ,संविधान
खै अब के के अाउछ।
१२ बर्षको भए देखि
कालापाड जान थाले
तर कहिलेहि अाएन
कालापाड नपठाउने तन्त्र।
बरु अाएको छरे खाडी तन्त्र।
भन्दै मलाई सोधे बाबू
कहिले अाउछ होला गरिवतन्त्र??
निरुत्तर भएर बिदाई गरेको ।
म पनि खोजिरहे छु।
काकालाई जवाफ ।
गरिव तन्त्रको।।
Leave a Reply