भर्खरै :

भारतमा विद्यार्थीको आत्महत्याको चकित पार्ने तथ्याङ्क

नयाँ दिल्ली, २४ सेप्टेम्बर । भारतमा हालै सार्वजनिक एक तथ्याङ्कले त्यहाँ दस वर्षको अन्तरालमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या ५२ प्रतिशतले बढेको देखाएको छ । बिजिनेश स्टान्डर्ड अनलाइनमा प्रकाशित समाचारअनुसार सन् २००७ मा हरेक दिन १७ जना विद्यार्थीले आत्महत्या गर्ने गरेकोमा त्यसको झण्डै दस वर्षपछि त्यो दर प्रतिदिन २६ पुगेको छ ।
सन् २००७ देखि २०१६ बीच भारतमा ७५ हजार विद्यार्थीले आत्महत्या गरेको तथ्याङ्कले देखाएको छ । सन् २०१६ मा मात्र भारतमा ९ हजार ४ सय ७४ जना विद्यार्थीले आत्महत्या गरेका थिए । यो सङ्ख्या हरेक दिन झण्डै २६ जना हुन आउँछ ।
विद्यार्थीले सबभन्दा बढी आत्महत्या गर्ने प्रान्त भने महाराष्ट्र परेको छ । त्यहाँ हरेक दिन चार जनाले आत्महत्या गर्ने गरेको छ । सन् २०१६ मा मात्र महाराष्ट्रमा १३ सय ५० जना विद्यार्थीले आत्महत्या गरेका थिए । महाराष्ट्रपछि सबभन्दा बढी आत्महत्या गर्ने प्रान्तमा पश्चिम बङ्गाल र तामिलनाडू परेका छन् ।
परीक्षा अनुत्तीर्ण भएका कारण सन् २०१६ मा २ हजार ४ सय १३ विद्यार्थीले आत्महत्या गरेका थिए । यो सङ्ख्या दैनिक सात जना हुन आउँछ । परीक्षामा अनुत्तीर्ण भएकाले आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या कुल आत्महत्या गर्ने विद्यार्थी सङ्ख्याको पचीस प्रतिशत हुन आउँछ । सन् २००७ देखि २०१६ सम्ममा परीक्षा अनुत्तीर्ण भएकाले आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या झण्डै २३ हजार छ । कुल आत्महत्या गर्ने विद्यार्थी सङ्ख्यामा यो तीस प्रतिशत हुन आउँछ ।
पन्ध्रदेखि २९ वर्ष उमेर समूहमा सबभन्दा बढी आत्महत्या गर्ने देशमध्ये अग्रस्थानमा आउने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *