भर्खरै :

कैलालीमा जनभेला

कैलाली, ८ असोज । नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनको तयारीमा कैलाली जिल्लाको जानकी गाउँपालिका कञ्चनपुरमा स्थानीय जनताको भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कामदार जनता पक्षधर विचार र राजनीति बलियो नभएकोले नेपाली श्रमजीवी वर्गले दुःख भोग्नुपरेको बताउनुभयो ।
उहाँले कामदार जनताको हितको लागि कामदार जनता स्वयं राजनीतिक र सैद्धान्तिक रुपमा सचेत र सङ्गठित हुनुपर्ने धारणा राख्नुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलको सभापतित्वमा भएको कार्यक्रममा किसान कार्यकर्ता राजबहादुर दर्लामी, शिक्षक ज·बहादुर तारामी, गगनबहादुर थापालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *