बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
केही समय अगाडि काठमाडौं महानगरपालिकाले पर्थटकीय केन्द्र बनाउने भन्दै रानीपोखरीलाई कंक्रिटको पर्खालले घेर्न खोज्यो । विश्व सम्पदास्थलको सूचीमा सूचिकृत सम्पदा मापदण्डविपरीत बनाएर बिगार्ने काममा महानगरपालिका आफै लाग्यो । त्यतिबेला पुरातात्विक सम्पदा बचाउने जिम्मेवारी बोकेको पुरातत्व विभाग सुतेर बस्यो । स्थानीय सचेत जनता, सम्पदाविद् र सञ्चारकर्मीहरूको चर्को विरोधपछि कंक्रिटको पर्खाल निर्माण रोकियो । त्यसपछि मात्र पुरातत्व विभाग निद्राबाट बिउँझियो र आधुनिक निर्माण सामग्री प्रयोग गरेर पर्खाल निर्माण गर्न अनुमति नदिएको प्रस्ट पा¥यो । विभागबाट लिखित सहमति लिइएको छ भनी महानगरपालिकाले रट लगाइरह्यो तर त्यो सहमतिको कागज भने देखाउन सकेन । अहिले रानीपोखरी पुनर्निर्माण अलपत्र पारिएको छ ।
त्यस्तै अहिले विश्व सम्पदामा सूचिकृत पशुपतिनाथ क्षेत्रमा मापदण्डविपरीत निर्माण गरी सम्पदा बिगार्ने दृष्प्रयास गरिएको छ । पशुपति क्षेत्रको प्राकृतिक र मौलिक सौन्दर्य मास्ने दुष्प्रयासस्वरुप श्लेषमान्तक बनबाट धुवस्थली निस्कने बाटो कंक्रिट बनाउन थालिएको छ ।
त्यसमा पशुपतिको संरक्षण र संवद्र्धनको मुख्य दायित्व बोकेको पशुपति क्षेत्र विकास कोष स्वयम् लागेको छ । यसरी विश्व सम्पदाको सूचीमा रहेको सम्पदा स्थलमा मापदण्डविपरीतको आधुनिक निर्माण सामग्री प्रयोग भएको उजुरी युनेस्कोमा परेका वा युनेस्कोको निरोक्षकले पत्ता लगाएमा विश्व सम्पदा सूचीबाट हटाउन बेर लगाउने छैन । यसरी जानाजानी सिमेन्ट, रड, कंक्रिटजस्ता आधुनिक निर्माण सामग्री मापदण्डविपरीत प्रयोग गरेर विश्व सम्पदाहरू मारले वा सम्पदाको साख र महत्व नष्ट गर्ने दुष्कर्म भइरहेका छन् । कसको इसारा वा निर्देशनमा वा क–कसको स्वार्थका लागि सम्पदा मास्ने षड्यन्त्र हुँदैछ ? होइन भने जिम्मेवार पुरातत्व विभागलगायत सरकारी निकायले दोषीमाथि कडा कानुनी कारबाही गर्नुपर्छ ।
– सुविज्ञा थापा, काठमाडौं
Leave a Reply